डोटी, असोज २२ (ई-रैवार)
डेउडा प्रतिष्ठान डोटीले वडा दसैँ एबं शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार दिपायल एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष शेर साउदको सभापतित्वमा भएको कार्यक्रममा शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शिखर नगरपालिकाका उपप्रमुख धौली देवी रावल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजय खड्का , शिखर नगरपालिकाका उप सभापति उद्धव मल्ल, दिपायल सिलगढी नगरपालिका ४ का वडा प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।
डेउडा प्रतिष्ठानका पदाधिकारी, उद्योग व्यवसायी , कला संस्कृति क्षेत्रमा कार्यरत कलाकारहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार राम रावलले गरेका थिए । प्रतिष्ठानका सदस्य केशवराज फुपराले सहभागीहरूलाई स्वागत गरेका थिए ।
प्रतिष्ठानले भाषा, कला, संस्कृति र मौलिक पर्वहरूको संरक्षणका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । सहभागीले प्रतिष्ठानले गर्दै आएका कामको प्रशंसा गर्दै दसैँ तिहारको शुभकामना दिएका थिए ।


