पर्यटन

खराब मौसमका कारण जहाज समयमै अवतरण हुन नसक्दा आत्तिएर एक यात्रु बेहोस

नेपालगञ्ज : काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षीया जानुका थापा बेहोस भएकि हुन। नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै […]

सङ्ग्रहालयमा मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । आइतबार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताएका […]

पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा

काठमाडौं : कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो ।  पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी […]

पश्चिमी तराईका थारु बस्तीमा माघीको रौनक

महेन्द्रनगर : थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त […]

पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयमा परिणत

काठमाडौं : नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।  तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।    १५ लाखबाट थालनी भएको काम हाल […]

तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

धनगढी : पहिलो पटक खप्तड पुगेका कलाकार पल शाहले खप्तड यात्राको वर्णन गरिएको श्रव्यदृश्य (भिडियो) आफ्नो पेजमा राखेका छन् । बझाङदेखि खप्तडसम्म पैदल यात्रा गरेका उनले भनेका छन्– ‘खप्तड साच्चै सुन्दर रहेछ । खप्तड पुग्न पैदल यात्रा गर्दाको थकाइ त्यहाँ पुगेपछि हरायो ।’ दुई महिनाअघि पल शाह र गरिमा पन्तलगायत कलाकारहरूको समूह एउटा गीतको छायांकनका लागि धनगढी हुँदै […]

घोडाघोडी तालमा जलपंन्छी गणना कार्य सुरु

कैलाली : देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ। घोडाघोडी ताल क्षेत्रमा शनिबारबाट सुरु भएको जलपन्छी गणना दुई दिनसम्म चल्नेछ। चरा संरक्षण नेटवर्क कैलालीले घोडाघोडी ताललगायत छेउछाउमा रहेका सहायक तालमा जलपन्छी […]

हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको हो । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ भने विहान ६ बजेको तालिका अनुसारनै अन्तराष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले […]

डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

धनगढी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न लागेको हो।  कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त […]

धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी, मंसिर १४ (ई-रैवार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावनमार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन् । निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य […]