Tourism

लामो पुल सगै, जोडिदै मनोरञ्जनका आयाम

बिष्णु राज पौडेल, बागलुङ भदौ– वागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर र कुस्मा नगरपालिका वडा नम्बर १ पाङ जोडने लामो पुल अहिले आन्तरिक र बाह्य पर्यटनको आकर्षणको केन्द्र विन्दु हो । धार्मिक सास्कृतिक पर्यटनको केन्द्र बागलुङ कालिका मन्दिर र ऐतिहासिक भुमि पाङ, धार्मिक पर्यटनका केन्द्र समेत हुन । पर्यटन प्रबर्द्धनमा जुटनु सवैको कर्तव्य हो । […]

पुनर्निर्मित भिमसेन स्तम्भ उदघाटन

  काठमाडौं । महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकतन्त्र दिवसको अवसरमा पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । […]

कोरोनाको असर : लुम्बिनीमा पर्यटन व्यवसाय सुस्तायो

बुटवल, चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका विभिन्न देशमा फैलिरहेको छ, जसको प्रत्यक्षरअप्रत्यक्ष असर नेपालमा पनि परिसकेको छ । पर्यटकीय नगरी लुम्बिनी पर्यटकहरुले भरिभराउ हुने गथ्र्यो, तर यतिबेला सुनसान बनेको छ । होटलहरु सुनसान जस्तै बनेका छन्, सडकमा सवारी साधनहरु कम गुड्न थालेका छन् । नेपाल सरकारले सम्पूर्ण शैक्षिक कार्यक्रमहरु स्थगित […]

बागलुङको गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सुरु ।

बागलुङ ४,मंसीर बागलुङको गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको बुधबार उदघाट्न गदै चित्रबहादुर केसीले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार, र आम नागरिक एकैठाउँमा भएको बताए । उनले राष्ट्रियताको पक्षमा सबै नागरिक एक जुट हुन आग्रह गरे । केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताए । ‘हामी […]

बागलुङको ताराखोला गाइघाटमा पर्यटको ओईरो !!

  बागलुङको ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् ।साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ । पूर्वाधार र प्रचारप्रसारले झरना पर्यटकको रोजाइमा परेको हो । झरनाको रेखदेख र व्यवस्थापन गाउँपालिकाले गर्दै आएको छ । बोलपत्र प्रतिस्पर्धा मार्फत स्थानीय नरेश केसीले टिकटको जिम्मा पाएका छन् । वार्षिक रु ५० हजारमा […]

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरको गुरु योजना

“बागलुङ कालिका–ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक सम्पदा” परिचय प्रकृति प्रदत्त सुन्दर वातावरण र सात्विक भावनाको मनोहर सङ्गम धौलागिरी हिमालको काखमा, उत्तरबाट नागवेली परेर कलकल ध्वनिसहित सुसाउदै सललल बग्ने कालिगण्डकी र पूर्वतर्फ बग्ने काठेखोला मिसिएको दोभानको ठीक माथि बाङ्ेचौरसंग जोडिएको प्राकृतिक सुन्दर वातावरणको रमणीय जंगलमा दृष्टिगोचर हुन्छ ! कालिका भगवती मन्दिर । कालिकाको दर्शन वा कालिकालाई […]