भजनी, असोज २० (ई-रैवार) कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत […]
पर्यटन
सिलगढीमा नेवार समुदायले मनाए गाईजात्रा
डोटी भदौ ७ (ई-रैवार) सिलगढीको नेवार समुदायले सोमबार धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । वर्षभरी मृत्यू भएका आफन्तको सम्झनामा मृतकको घरमा गई गाईको पुजा गरी झाँकी निकालेर बजार परिक्रमा गर्दै गाईजात्रा पर्ब मनाएका हुन् । गाईजात्रामा बिशेषगरी बर्षभरी मृत्यू भएका आफन्तहरुको सम्झना गरिने सिलगढी नेवार समुदायका अध्यक्ष गोबिन्द श्रेष्ठले बताउछन् । ‘गाईजात्रामा बर्षभरी मृत्यू […]
कञ्चनपुरको ‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा
कञ्चनपुर,साउन १९ (ई-रैवार) महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ। युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड […]
कैलालीकाे मूलपानी पर्यटन गन्तव्य बन्दै
टीकापुर, साउन ११ (ई–रैवार) कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन्। सामुदायिक वनले खाली स्थानबाट ग्राभेल उठाउन दिएपछि त्यहाँबाट पानी निस्किएर दुईवटा तलाउ बनेकाले अहिले गर्मी छल्न सयौं […]
कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे
डोटी, साउन ७ (ई–रैवार) देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन्। यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्। लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली […]
बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने
धनगढी, असार ३१ (ई–रैवार) बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले बताए। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी […]
युवाको रोजाइमा पर्दै महाकालीको साहसिक जलयात्रा
कञ्चनपुर,असार २६ (ई–रैवार) महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (र्याफ्टिङ्ग) युवाको रोजाइमा पर्न थालेको छ। भीमदत्त नगरपालिका-९ को मुसेट्टीदेखि खल्लासम्म युवाले र्याफ्टिङ्ग गर्दै आएका छन्। तराईको गर्मीबाट मुक्ति पाउन र रमाइलो गर्नका लागि र्याफ्टिङ्ग गर्न जाने युवाको सङ्ख्या बढ्दै जान थालेको छ। भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदीमा र्याफ्टिङ्ग गर्दै आएको थियो। गत वर्षको […]
सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन
धनगढी, असार २३ (ई–रैवार) खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम खर्चेपछि सरकारको चर्को आलोचना भएको थियो । त्यही कारण आगामी वर्षको बजेट निर्माण गर्ने बेला पर्यटन […]
हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल
भजनी, जेठ ३० (ई-रैवार) कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको थिएन । पहाडी जिल्लामा यात्रा गर्ने नागरिकका लागि हवाईमार्फत वा पैदलबाटै यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । कैलालीबाट पैदल जाँदा अछाम पुग्न कम्तीमा तीन […]
सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तड जोड्ने सडकमा कालोपत्रे शुरु
डोटी, वैशाख २८ (ई-रैवार) सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रेको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्रे गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रेको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले […]


