पर्यटन

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता १३ महिनाको तलब नै पाएका छैनौ,’ समितिका शाखा अधिकृत प्रेम कुँवरले भने,‘असारयता हाम्रो करारअवधि नविकरण […]

बडीमालिका तीर्थयात्रा शुरु

डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् । मेलामा तीर्थयात्रा भर्न हरेकबर्षझैँ यसवर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी ‘पेटारो’(पुजा सामाग्री) शुक्रबार बडीमालिका […]

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ […]

प्रकृतिको अनुपम उपहार–जोरायल ।

चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने, जोरायलको परिचय अनेकन हुनसक्छ । खुल्ला आँखाले निहार्ने हो भनेपनि जोरायलको हामी अनेकथरी परिचय भेट्टाउन […]

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ। […]

प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

उग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका […]