समाज

दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट

कञ्‍चनपुर,कार्तिक १५ (ई-रैवार) उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माणका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताए । “दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन […]

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर, कार्तिक १३ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । उनले एक विघा धान खेतमा कमन, […]

नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा

रसुवा, कार्तिक १३ (ई-रैवार) नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए […]

टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

कैलाली,  कार्तिक १२ (ई-रैवार) टीकापुर ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने […]

बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर घट्यो

विजय पराजुली काठमाडौं, कार्तिक ११ (ई-रैवार) कोभिड १९ को प्रभावले बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर ह्वातै घटेको छ । चालु अर्थिक वर्षको दोस्रो महिनासम्म अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब सिंगल डिजिटको नजिक आाएको छ । भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ७.८३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । […]

बझाङ्गबाट च्याङ्ग्रा चराउन चीन

बझाङ्ग, कार्तिक १० (ई-रैवार)  बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न […]

बैतडीमा एक महिनामा करीव आठ लाखको अखाद्य वस्तु बरामद

बैतडी, कार्तिक ७ (ई-रैवार) एक महिनामा बैतडीमा करीव आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।  संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा […]

डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

डोटी, कार्तिक ५  (ई-रैवार) चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श गाउँपालिका मौवाका स्थानीयबासी तिलक ओझाले भने, “यो वर्ष गाउँमा भटमास र बेथेको राम्रो उत्पादन भएको […]

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला,कार्तिक ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, […]

दार्चुलामा एक जना पक्राउ : १ करोड ५७ लाख ५९ हजार बराबरको अवैध यार्सागुम्बा बरामद

दार्चुला, कार्तिक २ (ई-रैवार) दार्चुला प्रहरीले एक जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका  हुन । । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी […]