काठमाण्डौँ, भदौ ९ (ई-रैवार) अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ […]
समाज
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाण्डौँ भदौ ७ (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल […]
साताको शेयर बजार : ७९ अर्बको कारोबार
काठमाडौँ, साउन ३१ (ई-रैवार) धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड […]
५ वर्षअघि ७ खर्ब ऋण, अहिले १७ खर्ब
काठमाडौँ, साउन २७ (ई-रैवार) मुलुकमा हरेक वर्ष २ खर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण थपिँदै गएको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरू के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माले […]
श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले भने- अध्यादेशलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने, हेर्नुहोस् पूर्णपाठ
काठमाडौँ, साउन २६ (ई-रैवार) अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै शर्माले भने, ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड(१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने […]
डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
डोटी, साउन २० (ई-रैवार) विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा डोटी जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ । डोटी जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै […]
चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि सार्वजनिक भएन मौद्रिक नीति
काठमाडौँ, साउन १७ (ई-रैवार) नेपाल राष्ट्र बैङ्कले विगतमा साउन पहिलो साता सार्वजनिक गर्थ्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अङ्कले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ […]
डोटीमा व्यावसायिक रूपमा ट्राउट माछापालन शुरु
डोटी, साउन १२ (ई–रैवार) डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ। स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा तीनवटा पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो। सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा […]
रसुवामा उत्पादित ट्राउट माछा दार्चुलासम्म
रसुवा,साउन ११ (ई–रैवार) उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । विसं […]
बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर
काठमाडौं, साउन ७ (ई–रैवार) बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ […]


