एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित, अर्को बैठक असोज ४ गते

Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ । नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो ।

एमालेले आजको बैठकमा पनि नाराबाजी कायम राखेता पनि सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच संसद बैठक अघि बढाएका थिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए । सभामुख सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच बहुमतले स्वीकृत भएको छ ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।