समाज

कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

टीकापुर, मंसिर ३ (ई–रैवार) कैलालीमा खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन । धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन […]

टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुनुहुन्छ । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा […]

डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

डोटी, कार्तिक २६  (ई-रैवार) डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा […]

नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा शाक्य नियुक्त

काठमाडौं, कार्तिक २४ (ई-रैवार)  नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ । शाक्यलाई ‘एनईए […]

कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

कञ्चनपुर, कार्तिक २२ (ई-रैवार)  सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ । “कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु […]

दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

दार्चुला, कार्तिक २२ (ई-रैवार) दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलान्यास गरेको मकरीगाड हाइड्रोपावर निर्माणका लागि चाहिने आवश्यक उपकरण ल्याउन ढिलाइ तथा झण्डै आठ […]

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित : बित्यो ६ दशक, सुदूरपश्चिम प्रदेशबासी निराश

महेन्द्रनगर, कार्तिक १६ (ई-रैवार) प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो । तर अहिले भने त्यहाँका नागरिकको आशा पनि […]

कञ्चनपुरको महाकालीमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ

 कञ्चनपुर, कार्तिक १६ (ई-रैवार)  कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ भएको छ । कञ्चनपुरको महाकाली नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका हुन् । सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने […]

बैतडीमा अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

बैतडी, कार्तिक १६ (ई-रैवार)  बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनवमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । “असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा […]

सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव

डोटी, कार्तिक १५ (ई-रैवार) धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका […]