समाज

देउवा सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने

काठमाडौँ, असोज ६ (ई-रैवार) खर्च प्रणालीमा समस्या देखिएपछि देउवा सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप […]

एमालेको विरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विधेयक पारित

काठमाडौँ, असोज ४ (ई-रैवार) एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् । अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका हुन् । आजको बैठकमा विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश भएको छ। विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका […]

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, असोज ४ (ई-रैवार) आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका हुन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य […]

सरकारले भोली देखी ४३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने

काठमाडौं, भदौ ३० (ई-रैवार) सरकारले भोली देखी ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने कम्पनीका सूचना […]

अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

काठमाडौं, भदौ ३० (ई-रैवार) प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट […]

एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित, अर्को बैठक असोज ४ गते

काठमाडौं, भदौ २९ (ई-रैवार) प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ । नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो । एमालेले आजको बैठकमा पनि नाराबाजी कायम राखेता पनि सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच संसद बैठक अघि बढाएका थिए । बैठकमा अर्थमन्त्री […]

नेपाललाई औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

काठमाडौं, भदौ २९ (ई-रैवार) औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई […]

दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, भदौ २८ (ई-रैवार) दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ […]

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २७ (ई-रैवार) अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च […]

जब, भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो…

दिपायल भदौ १२(ई-रैवार) झण्डै डेढ बर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षिया महेश्वरी साउँदको तल्लो पेट भारी हुनथाल्यो । केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महशुस भयो । पेट कटकटी दुख्नथाल्यो । दुर्गम गाउँ, अशिक्षित परिवेश ! पाठेघरसंग जोडिएको समस्या ! त्यही परिवेशबाट ग्रसित उनी सजिलै कहाँ अरुलाई भन्न सक्थिन र त्यो समस्या ! […]