समाज

एमसीसीः के अमेरिकाले निर्वाचनसम्म कुर्ला ?

काठमाडौं, पुस ८ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मार्फत नेपालले प्राप्त गर्ने ५० करोड अमेरिकी डलर बराबरको अनुदान अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादका बावजुद संसदको आगामी अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गराउने बताउँदै आएका थिए । सर्वोच्च अदालतले संसद भंग भएपछि तत्काल एमसीसी […]

यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

कञ्चनपुर, मंसिर २२ (ई-रैवार)  धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ । चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । […]

अन्तर बैंकको एटीएम प्रयोग गर्दा आजबाट पैसा लाग्ने

काठमाण्डौं मंसिर १९(ई-रैवार) आज(शुक्रबार)देखी एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । आजदेशी राष्ट्र बैंकले उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन भनेको […]

कसले पाउँछन् २ प्रतिशतमा ५० लाखसम्म कर्जा ?

काठमाडौं,मंसिर १८ (ई-रैवार) सरकारले २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म कर्जा लिन सकिने गरी नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि जारी गरेको छ । मन्त्रिपरिषद्बाट यो कार्यविधि पास गरी अर्थ मन्त्रालयले जारी गरेको हो । सुरुमा राष्ट्रिय योजना आयोगले अनुदानमा नवप्रवर्तन सुरुवाती पूँजी दिने गरी कार्यविधि बनाइएको थियो । तर, कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको […]

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुर, मंसिर १७ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती  गरेकी छैनन् ।  खेतमा उनले गहुँ छरेकी छन् । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले […]

कसरी बढाउने बिजुली खपत ?

कुलमान घिसिङ कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पार्‍यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो । नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी भएको छ । बन्दाबन्दीका कारण उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था सिर्जना भयो । उद्योगधन्दादेखि […]

सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिक बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।  चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ दशमलव ९३ प्रतिशत पुँजीगत बजेट खर्च गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला […]

गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं, मंसिर १० (ई–रैवार) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ । यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ […]

आन्तरिक राजस्व कार्यालयद्वारा कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाहा

डडेल्धुरा, मंसिर ८ (ई–रैवार)  आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको हो । कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विक्रम […]

कर्जाको ब्याजदर अझै घट्ने

काठमाडौँ, मंसिर ७ (ई–रैवार)  वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो । सबै बैंकको ब्याजदर करिब १ प्रतिशतकै हाराहारीमा घट्छ भन्ने होइन । हरेक […]