समाज

कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

टीकापुर, साउन ६ (ई–रैवार) कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ। जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन्। आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७÷७८ मा पाँच अर्ब ५३ करोड […]

ओली सरकारका तीन बजेट : विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर

काठमाडौं, साउन १ (ई–रैवार) दुई तिहाइ बहुमतको सरकार आयो र गयो । तर, बजेट परिचालनको देशको नियति उस्तै रह्यो । जेठ १५ मै बजेट पेस गर्ने, असार मसान्तअगावै संसद्बाट पास गराउने र साउन १ देखि कार्यान्वयनमा लैजाने नयाँ अभ्यास पनि भए । तर, पुँजीगत खर्च तीन वर्षमा निराशाजनक देखिन्छ । लक्ष्यअनुसार न राजस्व संकलन हुन सक्यो, न खर्च नै । […]

बझाङमा सामाजिक सुरक्षा कोषको ३९ लाख रकम गायब !

बझाङ, असार ३१ (ई–रैवार) बझाङमा सामाजिक सुरक्षा कोषको ३९ लाख रकम गायब भएको छ । बझाङको बुङ्गल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै गायब भएको हो। बुङ्गल नगरपालिकाको वडानम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बर […]

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रैथाने अन्नबाली लोप हुँदै

धनगढी, असार २७ (ई–रैवार) सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने  रैथाने अन्नबाली  लोप हुँदै गएका छन्। पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै  फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो।  ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ। डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगात जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो […]

बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

बैतडी, असार २६ (ई–रैवार) बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा […]

आयल निगमले दुई साता नबित्दै फेरि इन्धनको मूल्य बढायो

काठमाडौँ, असार २२ (ई–रैवार) नेपाल आयल निगमले दुई साता नबित्दै  इन्धनको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नघटाउने निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य […]

तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडौँ, असार २१ (ई–रैवार) राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। […]

प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहले असहमति राख्दै आएका छन् । गत असार […]

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

धनगढी असार १०(ई-रैवार) आज देशभरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै […]

विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

काठमाडौँ, असार ३ (ई-रैवार) विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, […]