काठमाण्डौँ, असार ३ (ई-रैवार) सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुसार असार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको हो । २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ सम्म गरिसक्नुपर्ने […]
समाज
यस्तो घडी, जुन ज्वरो आउदा अलर्ट दिन्छ, सुगर लेभल जानकारी दिन्छ
एजेन्सीःआफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ । नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न अत्याधुनिक फिचरहरु हुने बताइएको छ । नयाँ एप्पल वाचमा रहने स्वास्थ्य सम्बद्ध फिचरमध्ये शरीरको तापक्रम तथा रगतमा […]
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)
धनगढी असार १(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० […]
सातवटै प्रदेश सरकारद्वारा अगामी आर्थिक वर्षको बजेट घोषणा, कुन प्रदेशले कति बजेट सार्वजनिक गरे ?
धनगढी, असार १ (ई-रैवार) सात वटै प्रदेशले प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट सार्वजनिक गरेका हुन । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ, प्रदेश २ का आर्थिक […]
सातवटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै, महामारी नियन्त्रण प्राथमिकतामा
धनगढी, असार १ (ई-रैवार) सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज अर्थमन्त्रीहरूले आ आफ्नो प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्न लागिएका हुन । यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर […]
प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै
काठमाण्डौँ, जेठ ३१ (ई-रैवार) कोरोना महामारी र राजनीतिक खिचातानीबीच पनि प्रदेश सरकारहरू हतारहतारमा बजेटको तयारी गरिरहेका छन् । असार १ गते बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था भएकाले सातवटै प्रदेशमा मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी भइरहेको हो । गत वर्षदेखि नै कोरोना महामारीका कारण प्रभावित बजेट कार्यान्वयन यस पटक पनि त्यस्तै भएको छ । संघीय सरकारमा […]
सुदूरपश्चिम प्रदेशमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
धनगढी, जेठ ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित […]
बागमती प्रदेश, प्रदेश-१ र प्रदेश-२ सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै
काठमाडौं, जेठ २७ (ई-रैवार) बागमती प्रदेश र प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज (बिहीबार) प्रस्तुत गर्दै छन् । दिउँसो बस्ने प्रदेश सभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक […]
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
धनगढी, जेठ २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको बताएको हो । बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी […]
आयल निगमद्वारा १० महिनामा १३ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि
धनगढी, जेठ २५ (ई-रैवार) नेपाल आयल निगमले १० महिनामा १३ पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । यति हुँदा पनि गत बर्ष १२ अर्व नाफा कमाएको निगमलाई यो बर्ष २ अर्व ५० करोड नोक्सान भएको छ । गत साउन महिनामा पेट्रोलको मूल्य प्रति लिटर १०४ रुपैयाँ मात्र थियो । निगमले गत साउनदेखि जेठको दोस्रो […]


