समाज

तपाई कति सहकारीको सदस्य हुनुहुन्छ ? कात्तिकदेखि दुई सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौँ,  असोज १३ (ई-रैवार) आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका […]

माथिल्लो चमेलियाका लागि जुट्यो पाँच अर्ब १८ करोड ऋण लगानी

महेन्द्रनगर, असोज १२ (ई-रैवार) दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानी सम्बन्धी सम्झौतामा आईतबार आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत ७ अर्ब ४० […]

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौं, असोज १० (ई–रैवार)  राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको हो । कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट कोरोना संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल […]

सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौ, असोज ६  (ई–रैवार)  सुनको मूल्य मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ कारोबारमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १ हजार ७ सय कम भएमको जनाएको छ […]

चर्चामै सीमित पश्चिम सेती

धनगढी, असोज ४ (ई–रैवार) पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्टेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो । स्मेकसँगको अनुुमति खारेज भएपछि अर्को अन्योलमा परेको यस आयोजनालाई चाइना थ्रि गर्जेज इन्टरनेसनल (सीटीजीआई)लाई […]

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

डोटी, असोज ४ (ई–रैवार) डोटी जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला […]

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड अफर

काठमाडौं, आश्विन २ (ई-रैवार)  नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ । साथै अनलिमिटेड युट्युब र […]

प्राधिकरणले गुगल, फेसबुक, टिकटक लगायतको निगरानी गर्ने

काठमाडौं, आश्विन १ (ई-रैवार) नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको छ । प्राधिकरणले पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो आउन थाले पछी नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको […]

डिजेल र मट्टीतेलको मूल्य घट्यो : पेट्रोल, ग्यास र इन्धनको मूल्य यथावत

काठमाडौं, भदौ ३१ (ई-रैवार) नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपैयाँ घटाएको छ । आयल निगमले बुधबार रातिबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपैयाँ घटाएको हो । यो सँगै डिजेल रमट्टीतेलको नयाँ मूल्य ९०–९० रूपैया प्रतिलिटर कायम भएको छ । निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको जनाएको […]

भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने

काठमाडौं, भदौ २७ (ई-रैवार)  लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने भएको छ । यातायात कार्यालयले लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकलाई आउने भदौ मसान्तभित्र नवीकरण गरिसक्न आग्रह गरेको हो । यातायात व्यवस्था विभागले लकडाउन र निषेधाज्ञालाई ‘शून्य अवधिा’ मानिने गरी मोडिफिकेसन गरिसकेको छ । यसअघि सिस्टम मोडिफिकेसन नहुँदा […]