दार्चुला, जेठ १९ (ई-रैवार) गाउँमा कोरोनासंँग मिल्दो लक्षण भएका बिरामी धेरै भए पनि परीक्षणको दायरा बढेको छैन । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दो छ । सीमानाका भएर भित्रिने र उपचारका लागि अस्पतालमा आउने बिरामीको परीक्षण गर्दा अधिकांशमा संक्रमण देखा परिहेको छ । संक्रमितले होम आइसोलेसन बस्दा पनि संक्रमण झन् तीव्र बनेको छ । संक्रमितलाई संस्थागत आइसोलेसनमा नराखी घर […]
राजनीति
परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !
कैलाली, जेठ १९ (ई-रैवार) गौरीगंगाका रुदे साउँद गत फागुनमा जहान परिवारसँग टीकाटालो गरेर आउँदो दसैँमा लत्ताकपडा र केही पैसा लिएर फर्कने सपना बुन्दै मुम्बई हानिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौतारिए जागिर खोज्दै । अन्ततः एउटा होटेलमा काम पाए । होटेलमा काम पाए लगत्तै भारतमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेत […]
जहिल्यै विवादमा महाकाली अस्पताल
कञ्चनपुर, जेठ १९ (ई-रैवार) गत वर्ष कोरोना संक्रमण सुरु भएपछि महाकाली अस्पतालले दुई वटा भेन्टिलेटर खरिद गर्यो । आपूर्तिकर्ता कम्पनीले पुराना भेन्टिलेटर उपलब्ध गराएपछि केही दिन विवाद भयो । अस्पताल विकास समितिले समेत भेन्टिलेटर खरिदबारे आपत्ति जनायो । पछि छानबिन समिति गठन भएर भेन्टिलेटर खरिद प्रक्रिया नै रद्द भयो । त्यसअघि पनि भिडियो एक्सरे मेसिन खरिद गर्दा ठूलै विवाद […]
निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै
धनगढी, जेठ १८ (ई-रैवार) कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा नेपाल भित्रिने र बाहिरिनेको संख्या उत्तिकै छ । कुनै दिन दुई/तीन सय जना नेपाली घर फर्किरहेका हुन्छन् भने कुनै दिन कामको खोजीमा त्यत्तिकै संख्यामा भारत पसिरहेकाहरूको लर्को हुन्छ । नाकामा सीमा वारपार गर्नेको रेकर्ड राख्दै आएको सशस्त्र प्रहरी पोस्टका अनुसार वैशाख १६ यता ८ हजार ४ सय ७५ जना […]
सुदूरपश्चिममा कोरोना कहर : घट्दै छ संक्रमण दर
कैलाली, जेठ १८ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो समय दैनिक १० जनादेखि बढीको संख्यामा मृत्यु हुने गरेको भए पनि पछिल्लो समयमा भने दैनिक १० जना भन्दा कम संख्यामा मृत्यु भइरहेका छन् […]
संविधानको मर्मविपरीत अध्यादेशबाट बजेट : मतदाता प्रभावित पार्न वितरण र छुटैछुट
काठमाडौँ, जेठ १६ (ई-रैवार) चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेटमा बहुसंख्यक नागरिक, पेसा व्यवसाय र उद्योगी व्यवसायीलाई वितरण, छुट तथा सुविधा दिई निर्वाचनमा प्रभावित पार्ने कार्यक्रमहरू समेटिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार अध्यादेश जारी […]
सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण
काठमाडौँ, जेठ १५ (ई-रैवार) चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । ‘गत फागुनसम्म तिर्न […]
निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला
कैलाली, जेठ ११ (ई-रैवार) अहिले धनगढी बजार पूर्णरूपमा बन्द छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। तर धनगढीकै मुख्य बजार क्षेत्रमै रहेको चौलानी डिपार्टमेन्टल स्टोर भने दिनभर खुल्लै रहन्छ। नजिकै एलएनचौकमा २४ घन्टा नै प्रहरीको ड्युटी हुन्छ। एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा […]
सरकारले महामारीकै बीच नागरिकता बाँड्न गृहकार्य अघि बढायो
काठमाडौं, जेठ ११ (ई-रैवार) सरकारले जन्मसिद्ध नागरिकता प्राप्त करिब २ लाख आमा–बाबुका सन्तानलाई छरितो प्रक्रिया (फास्ट ट्र्याक) बाट वंशजका आधारमा नागरिकता वितरण गर्ने भएको छ । कोरोना महामारीकै बीच गृह मन्त्रालयले आगामी निर्वाचनअगावै नागरिकता वितरण गरिसक्ने गरी आन्तरिक गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयका अनुसार २०६३ देखि २०७२ असोज ३ गतेसम्ममा जन्मसिद्ध नागरिकता लिएकाको संख्या १ […]
सुदूरपश्चिममा काेराेना : निषेधाज्ञामा पनि बढ्दो संक्रमण
काठमाडौं, जेठ ९ (ई-रैवार) सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायःजसो जिल्लामा निषेधाज्ञा लागु गरियो। संक्रमण र मृत्युदर बढी भएका कैलाली र कंचनपुरमा वैशाख १६ […]


