राजनीति

भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोना भाइरस संक्रमित भित्रिएका छन्। भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। […]

सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभाव

धनगढी, वैशाख १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएका बेला कोभिडका बिरामीको उपचारमा नभइ नहुने अक्सिजनको अभाव हुने संकेत देखिएको छ । प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन उत्पादन प्लान्ट भए पनि अक्सिजन आवश्यक पर्ने श्वासप्रश्वासका बिरामीको चाप बढे अहिलेको उत्पादन क्षमताले धान्न कठिन हुने देखिएको छ । प्रदेशमा सेती […]

कांग्रेस-माओवादी सहमति : अविश्‍वास प्रस्तावपछि एमसीसीको संकल्प

काठमाडौँ, वैशाख १४ (ई-रैवार)  दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरूले त्यसपछि संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटाएका हुन् । यसअघि देउवाको नेतृत्वमा सरकार […]

६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

काठमाडौं, वैशाख १२ (ई-रैवार) गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ […]

धनगढीमा थपिँदै मार्ट

पुष्पराज जोशी कैलाली, वैशाख ९ (ई-रैवार)  बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका हुन्। व्यापार व्यवसायका लागि ‘भर्जिन’ एरिया सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन्। […]

टिंकर सडकको कछुवा गति : चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो

मनोज बडू दार्चुला, वैशाख ७ (ई-रैवार) सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा जोड्ने रणनीतिक सडक निर्माण सुस्त भएपछि स्थानीय चिन्तित छन् । सडकको निरीक्षणका लागि आइतबार भौतिक योजना […]

नाम मात्रैका न्यायिक समिति

मेनुका ढुंगाना अछाम, वैशाख ३ (ई-रैवार) स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष पुग्नै लाग्दा पनि न्यायिक समितिले दिने न्यायको शैली बदलिएको छैन । जिल्लाका चारवटा नगरपालिका उपप्रमुख र ६ वटा गाउँपालिका उपाध्यक्षसँग कानुनी ज्ञान अभाव र कानुनी सल्लाहकार नहुँदा उनीहरूले गर्ने काम पुरानै शैलीमा हुने गरेको हो । जिल्लाका १० मध्ये कुनै पनि स्थानीय तहले कानुनी […]

नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

मनोज बडू दार्चुला, चैत्र ३१ (ई-रैवार) भारतले सीमा नदी महाकालीको धार परिवर्तन गरी बनाइरहेको पक्की तटबन्धको सोमबार स्थलगत निरीक्षण गरिएको छ । तटबन्ध निर्माणबारे सञ्चारमाध्यम र पछिल्लो समय संसद्मा समेत कुरा उठेपछि निर्माण सुरु गरेको ४ महिनापछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा निरीक्षण गरेका हुन् । नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीको नेतृत्वमा ५ सदस्यीय प्राविधिक टोली […]

सिस्नुपानीले हानेर मनाइने विसु पर्व

काठमाडौँ,चैत ३० (ई-रैवार)  हाम्रो समाजमा कुनै समय सजाय दिनका लागि सिस्नुपानीको प्रयोग गरिन्थ्यो भने विद्यालयमा नपढ्ने र अटेर गर्ने विद्यार्थीलाई सिस्नुपानीकै डर देखाइन्थ्यो। तर कतैकतै कतै तरकारीको रूपमा पकाएर वा सुकाएर सुपको रूपमा समेत खाइने सिस्नोले मान्यजनलाई हिर्काएर संस्कृति पनि मनाउने गरिन्छ। नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन […]

सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

अर्जुन अधिकारी काठमाडौं, चैत ३० (ई-रैवार)  कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन् । गत ८ चैतदेखि कञ्चनपुरमा कोरोना पजिटिभ हुने क्रम […]