राजनीति

परिवारसँगै बस्छन् कोरोना संक्रमित

अछाम, जेठ ९ (ई-रैवार) मंगलसेन नगरपालिका-५ का २३ वर्षीय युवकलाई कोरोना पुष्टि भयो । स्वाब दिएको एक सातापछि मात्रै उनको रिपोर्ट आयो । उनी स्वाब दिएको दिनपछि परिवारसँग घुलमिल भएर बसेका थिए । उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्ट गल्ने, खोकी लाग्ने समस्या थियो । उनलाई यी लक्षण देखा परेको तीन दिनपछि आमा र भाइलाई पनि उस्तै लक्षण देखियो । […]

सरकारले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारणलाइनको ईआईए प्रतिवेदन स्वीकृत गर्यो

काठमाडौँ, जेठ ५  (ई-रैवार)  सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वतयारीको रूपमा लिइएको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो । अर्थ […]

अवमूल्यन हुँदै राष्ट्रपति पद

डा. सुरेश आचार्य निकै चर्चा र चासो रहे पनि मुलुकको सत्ता राजनीतिमा कुनै परिवर्तन भएन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली घुमाइफिराइ कुर्सीका हकदार बनेका छन्। उनलाई संसदीय अंकगणितले मात्र साथ दिएको छैन, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नै खल्तीको गोटी जस्तै पाएका छन्। यो अंकगणित संघीय संसद्मा मात्र होइन, प्रदेश सभामा पनि उस्तै छ। आज राजीनामा […]

मन्त्रालयकै अलमलले अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

धनगढी, वैशाख ३१ (ई-रैवार) अक्सिजन नपाएर बिरामीहरू अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन् । सुदूरपश्चिमभरि निजी क्षेत्रबाट सञ्चालित धनगढीस्थित एक मात्र ग्यास उद्योगको मेसिनसमेत बेलाबेला बिग्रन थालेपछि संकट झनै चुलिँदो छ । तर आफैं अक्सिजन प्लान्ट खरिद गर्ने घोषणा गरेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले पाँच महिनासम्म अलमलमै बिताएको छ । प्रदेश मन्त्रिपरिषद्को ०७७ मंसिर दोस्रो […]

कोरोना संकटमा असफल प्रदेश सरकार : कार्यकर्ता पोस्‍न २० करोड बाँड्ने योजना बनाउँदै

धनगढी, वैशाख ३१ (ई-रैवार)   जनता अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकार भने २० करोडका मर्मतका योजना बाँढ्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले २० करोडका योजना  बाँढ्ने तयारी गरेको हो । केही दिनअघि मुख्यमन्त्रीको निजी सचिवालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई […]

ओलीद्वारा राजनीतिक चातुर्य प्रदर्शन : नेपाललाई ‘उधारो’ उपलब्धि

काठमाडौँ, वैशाख ३१ (ई-रैवार)   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन्। अहिलेका निम्ति एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) […]

धनगढीको एकमात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि सदूरपश्चिममा अक्सिजनको हाहाकार

धनगढी, वैशाख २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजनको हाहाकार भएको छ । सोमबार राति मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको उद्योगका सञ्चालक […]

बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर

नेपालगन्ज, वैशाख २८ (ई-रैवार)  नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो। बाँकेका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकले स्थिती झन् भयावह बनिरहेको भन्दै सरकारले […]

सुदूरमा कोरोना कहर : दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु

कैलाली, वैशाख २७ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको बताइएको छ । वैशाख ४ गते यता अछाममा मृत्यु भएका ७ जना कोरोना संक्रमित मध्ये […]

अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

धनगढी, वैशाख २२ (ई-रैवार) दोस्रो लहरको कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका […]