विविध

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

काठमाडौं, कात्तिक २४ (ई-रैवार) सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा सङ्ख्या […]

कात्तिक २८ देखि फाइजरको पहिलो डोज, यी दीर्घरोगीले लगाउन पाउँछन् खोप

काठमाडौं, कात्तिक २४ (ई-रैवार)  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप फाइजर यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाउने भएको छ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ […]

हत्या आरोपमा आठजना पक्राउ

धनगढी, कार्तिक २४(ई-रैवार) कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए । एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, […]

लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन

काठमाडौं, कात्तिक २४ (ई-रैवार) लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग गरेको छ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको हो । आयोगले आज (बुधबार) तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको छ। यी पदहरूमा खुला तथा समावेशी […]

चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

कैलाली, कात्तिक २४ (ई-रैवार) कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका अनुसार गलबार राति चक्कु प्रहारबाट मंगलबार राति भुपेन्द्र बडुवालको मृत्यु भएको हो । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक २४ गते बुधवार, १० नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, षष्ठी तिथि, १३ः५८ बजेदेखि सप्तमी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले […]

विराटनगर कारागारमा दोहोरो झडप : चौकीदार गुरूङसहित ६ जना घाइते

विराटनगर, कात्तिक २३ (ई-रैवार) विराटनगर कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपको क्रममा चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र […]

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर, कात्तिक २३ (ई-रैवार)  कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय पन्तलाई म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार भैरहेको समयमा खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० […]

महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

बैतडी, कात्तिक १६ (ई-रैवार)  बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले सुर्नया गाउँपालिका ५ […]

धनगढी बसपार्कबाट स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

धनगढी,  कात्तिक १५ (ई-रैवार) प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट बझाङ घर […]