विविध

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

काठमाडौं मंसिर। नेपाल राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नाफा (आय वितरण) दिने भएको छ । आर्थिक वर्ष २०८२र८३ को नाफाबाट लाभांश स्वरुप राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई दिने भएको हो । उल्लिखित रकम राष्ट्र बैंकको नाफाबाट कानुनअनुसार विभिन्न कोषमा कट्टी गरेपछि बचेको रकम लामांश नै हो । तर राष्ट्र बैंक गैर नाफामुलक संस्थान […]

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर कात्तिक । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् […]

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं कात्तिक। काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा […]

रुपन्देहीमा १० हजार भूमिहीन र ७२ हजार अव्यवस्थित बसोबासी

भैरहवा कात्तिक । रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि ९इन्ट्री० गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत […]

आकासिँदै तरकारी र खाद्यान्नको भाउ, दसैंमा मर्कामा उपभोक्ता

काठमाडौं असोज। चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताकर्मीको भनाइ छ । दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको […]

कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता

काठमाडौं असोज। नेपाली कांग्रेसको सभापति पदका उम्मेदवारी किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका उनले बुधबार फिर्ता लिएका हुन्। सभापति पदका लागि गगन कुमार थापा,राठौर र श्यामकृष्ण खड्कीले मनोनयन दर्ता गराएका थिए। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि असोज १८ गतेदेखि खुलामञ्चमा महाधिवेशन जारी छ।

३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं असोज। नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रीय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो । यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । बोलकबोलमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने […]

रुपन्देहीको रोहिणी गाउँपालिकामा अस्थायी र करार सेवा सम्झौता रद्द

भैरहवा असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेक सम्पूर्ण कर्मचारीहरुको नियुक्ति तथा करार सम्झौता रद्द गरिएको हो । असोज २२ गते बुधबारदेखि लागू हुने गरी […]

‘एनएचएनबि’ ब्राण्डको शाखा बागलुङमा शुभारम्भ

बागलुङ, २०८२ असार, २० । पुरुषहरुका तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ्ग)ले बागलुङमा शाखा विस्तार गरेको छ । बिहिबार उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको क्लासिक कलेक्शनमा उक्त ब्रान्डको शुभारम्भ गर्नुभयो । अमेरिकाबाट फर्केर ब्राण्डको सुरुवात गरेका आकाश श्रेष्ठले चौथो शाखा बागलुङमा संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्वदेशमै […]

एमाले बागलुङको १०औं जिल्ला अधिवेशन उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

  २०८० चैत २९, बागलुङ – नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् । जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी पुरा भएको र अधिवेशनको उद्घाटन उपाध्यक्ष पौडेलले गर्ने बताए । अधिवेशनका लागि जिल्लाभरबाट चुनिएका ६३७ प्रतिनिधी […]