लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन

Spread the love

काठमाडौं, कात्तिक २४ (ई-रैवार)

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग गरेको छ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको हो ।

आयोगले आज (बुधबार) तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको छ। यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ । आयोगले इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ ।

आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ।

राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ।

मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ।