विविध

आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

काठमाडौं : सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिलाई फेसलेस, […]

नेपाल पत्रकार महासंघद्वारा तिलौराकोट घोषणापत्र जारी, के छ घोषण पत्रमा ?

कपिलवस्तु : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले तिरौलाकोट घोषणापत्र जारी गरेको छ । शुक्रबार कपिलवस्तुको तिलौराकोटमा सम्पन्न चौथो पूर्ण बैठकले ९ वटा बुँदे घोषण पत्रमा जारी गरेको हो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सम्बन्धित सरोकारवाला पक्षसँग जोडदार माग गरिएको छ । त्यस्तै सञ्चार कानुनहरू नेपालको संविधानअनुकूल तथा प्रेस स्वतन्त्रतामैत्री […]

‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं : ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास […]

लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन । सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।

एकैदिन प्रतितोला नौ सयले घट्यो सुनको मूल्य

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९००ले घटेर रु. ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. […]

निर्मला हत्या प्रकरण : भारतीय एक नागरिक पक्राउ, डीएनए परीक्षणका लागि पठाइयो

काठमाडौं : निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता एक जना शंकास्पद भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता भएका भारत पिलभित घर […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ पुस ११ गते, आइतवार, २६ डिसेम्बर २०२१। पाैष कृष्णपक्ष सप्तमी तिथि, १५ः३९ बजेदेखि अष्टमी। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि– सिंह, प्रात: ७ः५० बजेदेखि कन्या। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर […]

लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

धनगढी : कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो […]

झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

काठमाडौं : शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै शिक्षकको आवेदन आह्वान गरेको हो । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। खुला र […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ मंसिर २३ गते, बिहीवार, ९ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष षष्ठी तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, १६ः१७ बजेदेखि कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम थालनी हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। […]