धनगढी, असार २३ (ई–रैवार)
धनगढीमा दुर्लभ रेड पाण्डाको छालासहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपलिका–४, बोराडाँडीस्थित पण्डित मोटर्स वर्कसपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको एकथान छालासहित दुईजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कसपका सञ्चालक भारतको मोतिहारी केशरीया थाना, गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् ।
दुवैलाई रेडपाण्डाको छालासहित संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाईआवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाउने जिल्ला प्रहरी कार्यलय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।


