अपराध

भुपेन्द्रको हत्या प्रकरण : हत्या गर्ने गिरोहको संजाल काठमाडाैं लगायत धैरै जिल्लामा

धनगढी : लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या संगठित अपराधमा सक्रिय समूहद्वारा गरिएको खुलेको छ। गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटरसम्म लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो। कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरि रहेको यो समूहको बारेमा उनको हत्या अघिसम्म प्रहरी अनभिज्ञ रहेको थियो। […]

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु

बझाङ, मंसिर १२ (ई-रैवार) बझाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको हो । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको प्रहरीले जनाइएको छ । घाइते भण्डारीलाई शनिबार राति उपचारका […]

भुपेन्द्र हत्या प्रकरणमा इन्स्पेक्टरका भाइको पनि संलग्नता, हत्याको कारण प्रहरीले अझै खोल्न सकेन

धनगढी कार्तिक ३० (ई-रैवार)  कैलालीको लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरी निरीक्षकका भाइको पनि संलग्नता रहेको रहस्य खुलेको छ । लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको रहस्य खुलेको हो । भुपेन्द्रको हत्या आरोपमा फरार रहेका सात जनामध्ये एक जना इन्स्पेक्टरका भाइ पनि रहेको प्रहरी स्रोतले […]

भुपेन्द्र बडुवाल हत्या प्रकरण : थप एक जना पक्राउ, अनुसन्धान गर्न सीआईबी खटाउने तयारी

काठमाडौं, कात्तिक २८ (ई-रैवार) भुपेन्द्र बडुवालको हत्या प्रकरणको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो । भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो संगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या […]

हत्या आरोपमा आठजना पक्राउ

धनगढी, कार्तिक २४(ई-रैवार) कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए । एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, […]

चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

कैलाली, कात्तिक २४ (ई-रैवार) कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका अनुसार गलबार राति चक्कु प्रहारबाट मंगलबार राति भुपेन्द्र बडुवालको मृत्यु भएको हो । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले […]

विराटनगर कारागारमा दोहोरो झडप : चौकीदार गुरूङसहित ६ जना घाइते

विराटनगर, कात्तिक २३ (ई-रैवार) विराटनगर कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपको क्रममा चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र […]

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर, कात्तिक २३ (ई-रैवार)  कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय पन्तलाई म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार भैरहेको समयमा खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० […]

महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

बैतडी, कात्तिक १६ (ई-रैवार)  बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले सुर्नया गाउँपालिका ५ […]

धनगढी बसपार्कबाट स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

धनगढी,  कात्तिक १५ (ई-रैवार) प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट बझाङ घर […]