कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ
Spread the love

धनगढी, असार ३१ (ई–रैवार) 

कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौना स्थित सिंहासन सामुदायिक बन उपभोक्ता समुहको भवन अगाडीबाट मंगलबार साझ प्रहरीले पाटे बाघको छाला सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ५ सालघरीका ५२ वर्षीय पुर्ण बहादुर बुढामगर र लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की बसपार्कका ३० बर्षीय लोक बहादुर सिजापती ९मगर० रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकि हिडिरहेको अवस्थामा फेला पारेपछि चेकजाँच गर्दा सो कट्टा भित्र टाउकोदेखि पुच्छरको लम्बाई १० फिट र चौडाई ६ फिट ७ ईन्च भएको पाटे बाघको छाला फेला पारेको हो । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।