बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !
Spread the love

दिपायल चैत्र २३(ई-रैवार)
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ ।
मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण मानिसको कोविड–१९ विरुद्धको प्रतिरक्षा दह्रो हुने भनिएको छ ।
बीसीजी खोपले साधारणतयाः श्वासप्रणालीको संक्रमणबाट बचाउँछ । नेपालमा क्षयरोगका विरुद्ध यो खोप प्रयोग हुदैआएको छ । नेपालका बालबालिकामा २०४५ सालदेखी यो खोप लगाईदै आएको छ । त्यतिबेला देशव्यापी रुपमा खोप कार्यक्रम शुरु भएको थियो । जसमा भ्यागुते रोग, लहरे खोकी, टिटानस, दादुरा, पोलियो र क्षयरोगका विरुद्ध ६ थरीका खोप दिन थालिएको थियो । अहिले १२ रोगका लागि अनिवार्य खोप लगाउनुपर्छ ।
सरकारको ‘विस्तारित खोप आयोजना’ अन्तर्गत मुलुकमा शुरु भएको बीसीजीको खोप कार्यक्रमलाई डब्लूएचओ र युनिसेफले शुरु गरेका थिए ।
बीसीजीको खोप लगाउनुपूर्व गाउँगाउँमा क्षयरोगका कारण बालबालिकादेखि वृद्धवृद्धाको मृत्युदर बढी थियो । २०४५ सालपछि गम्भीर खालको क्षयरोगबाट मृत्यु हुनेहरुको संख्या घट्यो ।
सोही बीसीजी खोप यतिबेला कोभिड–१९ विरुद्धको रोगप्रतिरोधात्मक क्षमतामा पनि वरदान सावित हुने केही अध्ययनका प्रारम्भिक प्रतिबेदनले देखाएका छन् ।
डा.आरोनको समुहको विश्लेषणले लामो समयदेखि वालवालिकालाई अनिवार्य रुपमा बीसीजी खोप दिने नीति अंगालेका देशको तुलनामा यस्तो अनिवार्यता लागु नगरेका इटाली, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिका जस्ता देश कोरोनाबाट बढी प्रभावित भएको देखाएको छ ।
यसैगरी अनिवार्य बीसीजी नीति ढिला सुरु भएका देशमा पनि कोरोनाको उच्च मृत्युदर देखिएको र छिटो गर्नेहरुमा मृत्युदर कम देखिएको जनाएको छ । उदाहरणमा अनिवार्य बीसीजी नीति १९८४ देखि मात्र शुरु गरेको इरानमा मृत्युदर बढी देखिएको र सन् १९४७ देखि नै बीसीजी खोप लागु गरेको जापानमा कोविड–१९ को प्रारम्भदेखि नै संक्रमित संख्या रहेको भएपनि मृत्युदर उच्च छैन ।
मृत्युदर मात्रै होइन बरु बीसीजी खोपको दीर्घकालीन प्रभाव रहेको देशमा कोविड–१९ भएका व्यक्तिको रिपोर्टेड संख्यामा पनि उल्लेख्य कमी देखिएको छ । नेपालमा पनि बीसीजीकै प्रभावमा संक्रमण कम देखिएको वा समस्या ननिम्त्याएको विश्लेषण हुनथालेको छ ।
-ब्रेकलिङ्कको सहयोगमा तयार सामाग्री