सुचना प्रविधी

पाँच महिनासम्म औषधि अभाव नहुने

काठमाडौं चैत्र १३(ई-रैवार) नेपाली औषधि उत्पादकले स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिने बताएका छन्।  आगामी पाँच महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ भण्डारण गरेर राखिएकाले औषधिको अभाव नहुने उत्पादकले बताएका हुन्। आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै नेपाल औषधि उत्पादक संघका महासचिव विपलव अधिकारीले भने, ‘बजारमा अहिले औषधिको अभाव छैन। हामी औषधि अभाव हुन दिन्नौ।’ कोरोना […]

कोभिड–१९ बाट मृत्यु हुने २२ हजार नाघे

धनगढी चैत्र १३(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । बिहिबार साँझसम्म २२ हजार ६९ जनाको मृत्यु भईसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मृत्यु हुने सबैभन्दा बढी ईटालीका छन् । ईटालीमा बिहिबार साँझसम्म सातहजार पाँच सय तीनले ज्यान गुमाएका छन् । दोस्रोमा स्पेन छ । जहाँ चार हजार ८९ जनाको […]

भारतबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

काठमाण्डौँ चैत्र ११(ई-रैवार) सरकारले भारतबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ। उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए उनीहरुलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनमा राखिने मन्त्री खतिवडाले बताए। स्वास्थ्य सामाग्री ल्याउनको लागि निजी क्षेत्रलाई आव्हान समेत गर्ने र त्यसको […]

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कारण पुष्टि हुन बाँकी

चितवन चैत्र ११(ई-रैवार) भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर […]

आजबाट एकसाता ‘लकडाउन’

धनगढी चैत्र ११(ई-रैवार) सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि देशलाई पूर्ण रूपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले जोखिम बढ््दै गएको निष्कर्षसहित न्य्ूनीकरणका लागि एक साता लकडाउन गर्ने निर्णय गरेको हो । ‘नेपालभर कोभिड–१९ को संक्रमण […]

नेपालमा एक युवतीमा कोरोना देखियो

काठमाण्डौं चैत्र १०(ई-रैवार) फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका […]

विषाक्त मदिराले मृत्यु हुने ९ पुगे ७ जना सिकिस्त

धनुषा चैत्र १(ई-रैवार) विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्। शुक्रबार राति र शनिबार सिकिस्त विरामी परेका थप ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो। वर्ष ४७ का शत्रुधन मण्डल र […]

भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

काठमाण्डौँ फागुन २९(ई-रैवार) कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ। दूतावासले बिहीबार विज्ञप्ती जारी गर्दै भारतले लगाएको सो प्रतिबन्धले नेपालीलाई कुनै प्रभाव नपर्ने बताएको छ। स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि […]

नेपालको कुनै ठाउँमा कोरोना देखिए ‘लक डाउन’ गरिने

काठमाण्डौ फागुन २९(ई-रैवार) देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए। निश्चित समुदाय, वस्ती, बासस्थान गाउँ […]

कोरोना संक्रमण विश्व महामारी घोषित

काठमाण्डौ फागुन २९(ई-रैवार) विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी हालसम्म १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको […]