धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार १ हजार ४ सय ८५ जनाको एन्टिजेन र ३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा आज ६१४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय अनुसार आज कोरोना संक्रमण पुष्टि भएकामध्ये १०४ जना भारतबाट फर्केका नागरिक छन्। आज सुदूरपश्चिमका नाका भएर ९७९ जना स्वदेश फर्केका हुन्।
यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७५३ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।


