धनगढी : सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५४७ जनाको कोरोना परिक्षण गर्दा एन्टिजेन बिधिबाट १ हजार १८४ जाँच गर्दा ३२६ र पीसीआर बिधिबाट ३६३ जाँच गर्दा २२४ जनागरी ५५० जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये १०३ जना भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ७६८ जना स्वदेश फर्केका छन्। यो संगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार ४३९ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना जितेका छ । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ४७१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ७७ वर्षीय एक पुरुषको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो।



