डोटी, कार्तिक २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक […]
पर्यटन
व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’
शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक २३ (ई-रैवार) पढ्दै र सुन्दै आएको पश्चिममा भारतीय सीमा महाकाली नदीले छुट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा बढी जनसंख्या भएको महाकाली नगरपालिका छ । दोधारा चाँदनीका रुपमा मुलुकमै परिचित महाकालीपारिको बस्ती स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि महाकाली नगरपालिका नामकरण भए जस्तै […]
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन पर्यटक
शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक १२ (ई-रैवार) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ । विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका […]
पर्यटकको आकर्षणमा डोटीको झिग्राना होमस्टे
डोटी,कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ । कोरोना महामारीको जोखिम भएपनि होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी छ । अहिले मौसम उपयुक्त भएकाले खप्तड घुम्न सहज हुने ठानेर पर्यटक बढेका हुन् । शान्त तथा सुन्दर हरियाली […]
कनरी पार्कको उद्घाटन : सर्वसाधारणलाई खुला
धनगढी, कार्तिक २ (ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आईतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको पार्कको उद्घाटन संगै सर्बसाधारणका लागि खुला गरिएको छ । नगरप्रमुख नृपबहादुर वडले कनरी […]
पर्यटकीय गन्तव्य : रातको समयमा पनि आलिताल अवलोकन गर्न सकिने
राम धामी डडेल्धुरा, असोज २९ (ई-रैवार) भित्रिमधेशको आलिताल गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मनमोहक आलिताललाई रातीको समयमा पनि अवलोकन गर्न सकिने भएको छ । आलिताल गाँउपालिकाले सोलार वत्ती जडान गरेर आलिताललाई रात्रीकालिन समयमा पनि सहजै अवलोकन गर्न सकिने बनाईन चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र चाँडै निर्माण कार्य थालिने आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । […]
डोटीमा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन
डोटी, असोज २८ (ई-रैवार) डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समितिका अनुसार असोज २६ गतेबाट परीक्षण उडान सफल भएपछि नियमित रुपमा साहसिक प्याराग्लाइडिङ संचालनमा आएको हो । छतिवन […]
लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा
घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ । -राजेन्द्र भट्ट फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिबिधीहरु ठप्प रहे । तर, यहि मौका […]
भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)
-अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! ……………………………… यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन पाटन र फुलहरुसंग मितेरी गाँस्न विवस हुन्छन् । भुल्छन उकालो बाटाभरी संगालेका थकानमा धर्साहरु र […]
परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन
डोटी जेठ १(ई-रैवार) धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला । यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् । ईतिहासका कुनै कालखण्डमा यो मेला नरोकिएको जानकारहरुको कथन छ । तर, यसवर्ष रोकियो ! विश्वव्यापी […]


