बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने
Spread the love

धनगढी, असार ३१ (ई–रैवार) 

बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले बताए।

मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी साउन १ गतेबाट सुरु हुने अनुष्ठान ३२ गते सम्म सञ्चालन हुने बारे जानकारी दिएको हो।

साउन १ गतेबाट सुरु हुने अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिईने जनाईएको छ ।