समाज

बैतडीमा एक महिनामा करीव आठ लाखको अखाद्य वस्तु बरामद

बैतडी, कार्तिक ७ (ई-रैवार) एक महिनामा बैतडीमा करीव आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।  संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा […]

डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

डोटी, कार्तिक ५  (ई-रैवार) चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श गाउँपालिका मौवाका स्थानीयबासी तिलक ओझाले भने, “यो वर्ष गाउँमा भटमास र बेथेको राम्रो उत्पादन भएको […]

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला,कार्तिक ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, […]

दार्चुलामा एक जना पक्राउ : १ करोड ५७ लाख ५९ हजार बराबरको अवैध यार्सागुम्बा बरामद

दार्चुला, कार्तिक २ (ई-रैवार) दार्चुला प्रहरीले एक जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका  हुन । । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी […]

महेन्द्रनगरमा आधुनिक पशु बधशाला सञ्चालनमा

कञ्चनपुर,  कात्तिक २ (ई-रैवार) भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ। पशुपक्षी निर्देशनालय र नगरपालिकाको ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो। बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ। कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ। बधशालाका लागि निर्माण गरिएको भवनमा पशु […]

कोरोना कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै

धनगढी, कात्तिक १ (ई-रैवार) कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ ।पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३ प्रतिशत पुगेको एक अध्ययनले देखाएकोे छ । आर्थिक वर्ष २०७३–०७४ को तथ्याङ्क अनुसार यो प्रदेशमा खाद्य असुरक्षाको अवस्था १५ प्रतिशत रहेको थियो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीमा […]

४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला, कात्तिक १ (ई-रैवार) ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले शनिबार संयुक्तरुपमा शिलान्यास गरे । उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित […]

नेपाल टेलिकमले ल्यायो छठसम्मका लागि यस्ता अफरै अफर !

काठमाडौं, असोज २९ (ई-रैवार) नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ। टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ। यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको […]

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं, असोज २८ (ई-रैवार)   राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले नाम साधारणसभाले प्रस्ताव पारित गरेको नाम संशोधन गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले प्रस्ताव पारित गरेको नाम नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । बैंकको संशोधित […]

केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

टीकापुर, असोज २८ (ई-रैवार) लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन […]