समाज

नेपाल टेलिकमले ल्यायो छठसम्मका लागि यस्ता अफरै अफर !

काठमाडौं, असोज २९ (ई-रैवार) नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ। टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ। यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको […]

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं, असोज २८ (ई-रैवार)   राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले नाम साधारणसभाले प्रस्ताव पारित गरेको नाम संशोधन गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले प्रस्ताव पारित गरेको नाम नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । बैंकको संशोधित […]

केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

टीकापुर, असोज २८ (ई-रैवार) लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन […]

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ । भूमि व्यवस्था, […]

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

दार्चुला,  असोज २५ (ई-रैवार) जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन । सोही क्षेत्रमा हरेक वर्ष प्रसिद्ध क्षत्ति जात्रा लाग्ने ठाउँमा सञ्चारविहिन हुँदा समस्या भएको भन्दै गाउँपालिकाको पहलमा […]

सहकारी विकासको २५ वर्षे रणनीति

काठमाडौँ, असोज २२ (ई-रैवार)  आगामी पच्चीस वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान १५ प्रतिशत पु¥याउने लक्ष्यसहित दीर्घकालीन सहकारी रणनीति तयार भएको छ । हाल कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ३ प्रतिशत छ । क्षेत्रगत योगदानका आधारमा आगामी २५ वर्षमा कुल गार्हस्थ्य मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको […]

कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा भारतीय नागरिक पक्राउ

महेन्द्रनगर, असोज २० (ई-रैवार) कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पु¥याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ […]

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन मंसिरमा हुने

काठमाडौं, असोज १५ (ई-रैवार) नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक निर्वाचन मंसिरमा हुने भएको छ । उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि ११ र १२ मंसिरमा हुने भएको हो । चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको […]

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्

काठमाडौं, असोज १५ (ई-रैवार) नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले प्रतिलिटर मूल्य घटाएको हो । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन […]

तपाई कति सहकारीको सदस्य हुनुहुन्छ ? कात्तिकदेखि दुई सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौँ,  असोज १३ (ई-रैवार) आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका […]