कञ्चनपुर, कार्तिक १६ (ई-रैवार)
कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ भएको छ । कञ्चनपुरको महाकाली नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका हुन् ।
सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट सुरु गरिएको बताएका छन् । महाकाली नगरपालिका १ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा करिब १ हजार बिगाहा क्षेत्रफलमा निर्माण हुने सुख्खा गन्दरगाहको आज शुभारम्भ गरिएको हो।
एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खा बन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका छौँ,’ उनले भने, ‘सबै विषय नीति तथा कार्यक्रममा समेटेका छौँ ।’
उनले सुख्खा वन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने वताए । उनले थपे, ‘कञ्चनपुरको दैजिक्षेला औद्योगिक क्षेत्र, अत्तरिया-धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरिसरकारले पूर्व-पश्चिम औद्योगिक चेनविकास गर्ने लक्ष्य लिएको छ ।’
शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले बन्दरगाहले आर्थिक स्मृद्धिको ढोका खोल्ने बताए । उनले महाकाली करिडोरको काम अगाडि बढाउन बैतडी, दार्चुला र कञ्चनपुरका सांसदहरु लागिपरेको समेत दाबी गरे ।
यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने योजना रहेकोमा कञ्चभोजमा सुक्खा बन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएका थिए ।
मायापुरीमा सुख्खा बन्दरगाह वन्दा नेपाल-भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल हुने मन्त्री भट्टको भनाइ छ । उनले थपे, ‘हामी दोधारालाई पनि विकाससित जोड्ने नै छौँ ।’
मन्त्री भट्टले सुख्खा वन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने बताउँदै कञ्चनपुरको दैजिक्षेला, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बांकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरी अहिलेको सरकारले पुर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएका छन् ।
पहिला दोधारा चाँदनीको कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माणका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेको बताउँदै मन्त्री भट्टले मायापुरीमा सुख्खा बन्दगाह बनाउनका लागि अहिले भारतसमेत सहमत भइसकेको बताएका छन्।


