समाज

सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिक बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।  चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ दशमलव ९३ प्रतिशत पुँजीगत बजेट खर्च गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला […]

गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं, मंसिर १० (ई–रैवार) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ । यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ […]

आन्तरिक राजस्व कार्यालयद्वारा कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाहा

डडेल्धुरा, मंसिर ८ (ई–रैवार)  आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको हो । कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विक्रम […]

कर्जाको ब्याजदर अझै घट्ने

काठमाडौँ, मंसिर ७ (ई–रैवार)  वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो । सबै बैंकको ब्याजदर करिब १ प्रतिशतकै हाराहारीमा घट्छ भन्ने होइन । हरेक […]

कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

टीकापुर, मंसिर ३ (ई–रैवार) कैलालीमा खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन । धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन […]

टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुनुहुन्छ । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा […]

डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

डोटी, कार्तिक २६  (ई-रैवार) डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा […]

नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा शाक्य नियुक्त

काठमाडौं, कार्तिक २४ (ई-रैवार)  नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ । शाक्यलाई ‘एनईए […]

कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

कञ्चनपुर, कार्तिक २२ (ई-रैवार)  सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ । “कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु […]

दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

दार्चुला, कार्तिक २२ (ई-रैवार) दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलान्यास गरेको मकरीगाड हाइड्रोपावर निर्माणका लागि चाहिने आवश्यक उपकरण ल्याउन ढिलाइ तथा झण्डै आठ […]