समाज

मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेशमार्फत झन्डै १६ खर्बको बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ, जेठ १५ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिशका लागि बैठक बिहान ११ बजे बस्ने लागेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्ने जानकारी दिए । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट […]

सरकारले अध्यादेशमार्फत पूर्णबजेट सार्वजनिक गर्दै, ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन : अर्थमन्त्री

काठमाडौँ, जेठ १४ (ई-रैवार) सरकारले भोलि जेठ १५ मा अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दैछ । कामचलाउ सरकाले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । कामचलाउ सरकाले पूर्णबजेट ल्याउन तयारी गरेपछि विभिन्न क्षेत्रबाट त्यसको विरोध भइरहको छ । तर वर्तमान सरकारले भने चुनाव लक्षित लोकप्रिय बजेट ल्याउन र प्रतिपक्षी गठबन्धनले त्यसलाई कार्यान्वयन गर्न नदिएको आरोप […]

आगामी आर्थिक वर्षको बजेट मस्यौदा तयार, कर्मचारीको तलब बढ्ला ?

करिब १६ खर्बको बजेट आउन सक्ने, जीडीपीको ५ प्रतिशत राष्ट्र ऋण उठाउन वित्त आयोगको  सिफारिस काठमाडौं, जेठ ५ (ई-रैवार) अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या […]

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाडौँ, जेठ २ (ई-रैवार)  नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो। निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम […]

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

धनगढी, जेठ २ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागी २३ करोड ४० लाख बजेट निकासा गरेको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन […]

डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

काठमाडौँ, जेठ २ (ई-रैवार)  डडेलधुरा सहित तीन अस्पताललाई सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छ । नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका हुन् । सरकारले डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य […]

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, वृद्धिदरमा सुदूरपश्चिम सबभन्दा कम

काठमाडौँ, जेठ १ (ई-रैवार) आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो । विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म […]

एटीएमबाहेक कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने

धनगढी, वैशाख २८ (ई-रैवार) कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै […]

कैलालीमा उपभोग्य वस्तुको मूल्य बृद्धिसँगै कालोबजारी बढ्यो

भजनी, वैशाख २४ (ई-रैवार) कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले […]

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

टिकापुर, वैशाख १७ (ई-रैवार)  करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालु आवको यस अवधिमा ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो। आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको […]