समाज

कञ्चनपुरमा ७ महिनामा १५ सय उद्योग दर्ता

महेन्द्रनगर,फागुन २६ (ई-रैवार) कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन्। स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार उद्योग दर्ता विगत वर्षको भन्दा ह्वात्तै बढेको […]

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट कञ्चनपुरका ४ सय किसान लाभान्वित

कञ्चनपुर,फागुन २० (ई-रैवार)  कञ्चनपुरको दक्षिण क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । “छनोट गरिएका पालिकामा एउटा पालिकामा […]

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

बझाङ, फागुन २० (ई-रैवार) सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधिन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।जलविद्युतको अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रैमहिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया र कालङ्गा, बूढी गङ्गालगायत […]

सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली सुरु गरिँदै

डोटी,फागुन १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक–कृषि प्रणाली सुरु हुने भएको छ। खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक–कृषि प्रणाली सुरुवात गर्न लागिएको हो। सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलले सोमबार राजपुरमा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशमा प्राङ्गारिक–कृषि प्रणालीका लागि चार करोड बजेट विनियोजन गरी नौवटै जिल्लामा काम सुरु भएको निर्देशनालयका निर्देशक यज्ञराज […]

सुनको भाउ प्रतितोला ८८ हजार ७ सयमा कारोबार

काठमाडौं, फागुन १८ (ई-रैवार) सुनको भाउ प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटबढमा […]

नेपालमा फेरि भेटियो बर्ड फ्लू , कुखुरा र दाना नष्ट

काठमाण्डौँ, फागुन १४ (ईं-रैवार) नेपालमा फेरि बर्ड फ्लू भेटिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्डफ्लु भेटिएको हो । तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको […]

सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम

काठमाण्डौँ, फागुन १३ (ई-रैवार) सुनको भाउ प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार […]

कञ्चनपुरका चिनी मिललाई उखुको अभाव

कञ्चनपुर,३ फागुन (ई-रैवार)  कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डस्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु […]

मेला महोत्सवहरू सञ्चालन गर्न पाउनुपर्ने माग

धनगढी पुस २७(ई-रैवार) अघिल्ला वर्षहरूमा यतिबेला देशैभर विभिन्न किसिमका मेलामहोत्सवहरूको आयोजना हुन्थ्यो । देशैभरका उद्योग बाणिज्य संघहरू तथा विभिन्न संघसंस्था तथा समुहहरूले यस्ता मेला महोत्सवहरू आयोजना गर्दै आएका थिए । यसबर्ष भने कोरोनाको महामारीका कारण सबैतिर यस्ता गतिबिधिहरू ठप्प छन् । यस्ता मेलामहोत्सवहरूले भीडभाड बढाउने र कोरोनाको संक्रमण जोखिम बढ्ने भन्दै सरकारले यस्त् गतिबिधिमा रोक […]

शैलेश्वरी यातायातको नेतृत्वमा तेस्रो पटक मलासी

डोटी पुस २६(ई–रैवार) शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीको अध्यक्षमा गणेशबहादुर मलासी पुनर्निाचित भएका छन् । साविकको शैलेश्वरी यातायात व्यवसायी संघबाट रुपान्तरीत भएको सो प्रालीको छैठौँ अधिवेशनले उनलाई तेस्रोपटक नेतृत्वको जिम्मेवारी दिएको हो । अधिवेशले अध्यक्ष सहित थप १० जना सदस्य निर्विरोध निर्वाचित गरेको छ । जसको सदस्यमा हरिषचन्द्र शाह, मान बहादुर धामी, शंकरबहादुर बोहरा, भक्तराज […]