सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड सार्वजनिक (पूर्णपाठ सहित)

Spread the love

काठमाडौँ, जेठ १५ (ई-रैवार) 

सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको हुन् ।

चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड वित्तीय व्यवस्था २ खर्ब ७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको बताए छन् ।

स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड  वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री पौडेलले बताए । यस्तै सरकारले ६३ अर्ब ३७ करोड विदेशी अनुदानको आशा गरेको छ । कुल स्रोत व्यवस्थापनमा सरकार ३ खर्ब ५९ अर्ब ३० करोड ऋणको भर परेको छ ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताए

संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद् विघटन भएकोले सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।

यस्तो छ बजेट पूर्णपाठ सहित

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू

  1. कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदैपुनरूत्थानगर्न सकिन्छ भन्‍ने दृढविश्‍वासकासाथ म आर्थिक वर्ष २०७८/0७९ को आयव्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु।
  2. संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा विघटन भएको हुनाले राजस्व र व्ययको अनुमान संघीय संसदमा पेश गर्न सम्भव भएन।सम्माननीय राष्‍ट्रपतिज्यूबाट विनियोजन अध्यादेश,आर्थिक अध्यादेश र राष्‍ट्रऋण उठाउने अध्यादेश जारी भइसकेका छन्।यीकानूनहरूमा उल्लिखित मुलभूत विषय आयव्ययको वक्तव्यमा समावेश गरेको छु ।
  3. सन् 2020 को प्रारम्भमा देखापरेको कोभिड-19 महामारीले हाम्रो विकास र समृद्धिको यात्रालाई गम्भीर रुपमा प्रभावित गरेकोछ।कोभिड महामारी र सोको रोकथाम र नियन्त्रण गर्न बाध्यतावस अवलम्बन गरिएका क्रियाकलापले गर्दा धेरै नेपालीको काम र रोजगारीगुमेकोछ। संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको अथक प्रयासका वावजुद ठूलो संख्यामा नेपालीहरूले ज्यान गुमाउनु परेकोछ।यस महामारीबाट मृत्यूवरण गर्नुहुने नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु।मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दछु। संक्रमित बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
  4. आज जेठ १५ गते, गणतन्त्र दिवस। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरू प्रति श्रद्धासुमन अर्पण गर्दछु। ती आन्दोलनमा नेतृत्व गर्नुहुने अग्रज र योगदान गर्नुहुने दिदीवहिनी तथा दाजुभाइहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु।
  5. कोभिड- 19 महामारीको दोस्रो लहरको जोखिम बढ्दै जाँदा हाम्रा सामु चुनौतीहरू थपिएका छन्। संक्रमण जोखिम कायम रहने अवधि र यसको प्रभावअझै यकिन हुन सकेको छैन।सङ्‍कटको यस समयमा प्रत्येक नेपालीकोजीवनरक्षाको अभिभारालाई सरकारले सर्वोच्च प्राथमिकता दिएकोछ।सरकार महामारीकै बीचमा पनि स्वास्थ्य सजगता अपनाउँदै आर्थिक गतिविधिलाई निरन्तरता दिनप्रतिवद्ध छ।
  6. ऐतिहासिक जनआन्दोलनको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई दिगो शान्ति, स्थायित्व, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ अघि बढ्ने आधार दिएकोछ। प्रत्येक नेपालीकोपरिवर्तनकोचाहना एवम् विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खुलेकोछ। सामाजिक न्याय सहितको बहुआयामिक एवम् तीव्र विकासद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षापूरा गर्न सकिने बलियो आधार तयार भएकोछ। जनताका मूर्छित सपना जागृत भएका छन् र विकास एवम् समृद्धिका नयाँ नयाँ मानक स्थापित गर्दै अघि बढ्न सम्भव भएकोछ ।
  7. वर्तमान सरकारको नेतृत्वमा हामीले विकास निर्माण र सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छौं।दशकौंदेखि सङ्‍कटग्रस्त मेलम्ची खानेपानी आयोजना सञ्‍चालनमा आएकोछ।माथिल्लो तामाकोशी जलविद्युत आयोजना छिट्टै सम्पन्‍न हुँदैछ।ढलेको धरहरा उठेसँगै सबै नेपालीको मनोवल उच्च भएकोछ।सडक पूर्वाधार निर्माण,जलविद्युत उत्पादन, भुकम्पपछिको पुनर्निर्माण रआर्थिक पुनरूत्थानमा प्राप्‍त नतिजा उल्लेखनीय छन्।सहि नीति, सक्षम नेतृत्व, दृढ आत्मविश्‍वास र समर्पणका साथ अघि बढ्दा विकासको अभियानलाई तीव्रता दिन सकिन्छ भन्‍ने सकारात्मक सन्देश सम्प्रेषण गर्न हामी सफल भएका छौं।
  8. आगामी वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, चुनावी घोषणापत्र, पन्ध्रौ योजना, समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा,विकासशीलराष्‍ट्रमास्तरोन्‍नति हुने अठोट र दिगो विकास लक्ष्यलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु।सबै प्रकारका सामाजिक, आर्थिक विभेदको अन्त्य गर्दै विकास, समृद्धि र सामाजिक न्यायको यात्रालाई थप गतिशील बनाउनेर समाजवादको आधार निर्माण गर्ने उद्देश्यबाट निर्देशित भएको छु। जनप्रतिनिधि, निजी क्षेत्र, वुद्धिजीवी,पेशाविद् र आमनागरिकबाट प्राप्‍त सुझावलाई समेत यथोचित महत्व दिएकोछु।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

अर्थतन्त्रका महत्वपूर्ण परिसूचक, विवरण र तथ्याङ्क समावेश गरिएको आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक भइसकेको छ। अब म मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा संक्षिप्‍त रुपमा प्रस्तुत गर्दछुः

  1. कोभिड- १९ महामारीबाटआर्थिक गतिविधि प्रभावित हुँदा गत आर्थिक वर्षकोआर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक हुनपुग्यो। सरकारलेकार्यान्वयन गरेको आर्थिक पुनरूत्थानसम्बन्धी नीति तथा कार्यक्रमको सकारात्मक परिणामस्वरूप चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने प्रारम्भिक अनुमान छ।तथापी, कोभिड- १९ को दोस्रो लहरबाट आर्थिक क्रियाकलाप पुनः प्रभावित भएकोले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौती थपिएकोछ।
  2. गतवर्ष प्रतिव्यक्तिकुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा ११२६ अमेरिकी डलर रहेकोमा चालु वर्ष ११९१ अमेरिकी डलर रप्रतिव्यक्ति खर्चयोग्य आय1486 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनको अनुपातमाकुल लगानी 30.8प्रतिशत र कुल राष्ट्रिय बचत31.4 प्रतिशत हुने अनुमान छ।
  3. स्वास्थ्य जोखिमका वाबजुद आपूर्ति श्रृङ्खला नियमित गर्न सकिएकाले मुद्रास्फीतिनियन्त्रणमा छ। गतवर्ष ६.७ प्रतिशत रहेको उपभोक्‍ता मुद्रास्फीति चालु आर्थिक वर्षको ९ महिनामा 3.1 प्रतिशतमा सीमित भएकोछ। शोधनान्तर स्थिति बचतमा रहेको, विप्रेषण आप्रवाहमा वृद्धि भएको, विदेशी विनिमय सञ्‍चिति पर्याप्‍त रहेको, कर्जा र निक्षेपको वृद्धिदर सकारात्मक रहेको, पुँजी बजारमा कारोबार वृद्धि हुँदै गएकोछ।तथापि, कोभिड- १९ को दोस्रो लहरका कारण यी परिसूचकमा आगामी दिनमा चाप पर्ने अनुमान छ।
  4. चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म गतवर्षको सोही अवधिको तुलनामा सरकारी खर्चमा 16 प्रतिशत रराजस्व संकलन 14.1 प्रतिशतले वृद्धि भएकोछ।वैशाख मसान्तसम्म रु.2 खर्ब 2 अर्ब 28 करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्‍त भएकोछ।प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण गतवर्षको पहिलो दश महिनाकोतुलनामा 15.7प्रतिशतले वृद्धि भई रु 2 खर्ब 94 अर्ब 33 करोड पुगेकोछ।प्रदेश र स्थानीय तहमा रु. 91 अर्ब 47 करोड राजस्व बाँडफाँट भएकोछ।
  5. चालु आर्थिक वर्षको पहिलो 9महिनामा निर्यात 20.2 प्रतिशतले र आयात 13.1 प्रतिशतले बढेकोछ। व्यापार घाटामा कमिआईशोधनान्तर स्थितिरु.४२ अर्व ५४ करोड बचतमारहेकोछ। विदेशी मुद्राको सञ्‍चितिरु.१४ खर्ब ३३ अर्व २७ करोड पुगेकोछ।
  6. चालु आर्थिक वर्षमा कुल विनियोजनको 85.9 प्रतिशत खर्च हुने संशोधित अनुमान छ। विनियोजन मध्ये चालु तर्फ 91.4 प्रतिशत, पुँजीगत तर्फ 71.3 प्रतिशत र वित्तीय व्यवस्था तर्फ 85.2 प्रतिशत खर्च हुने संशोधित अनुमान छ।
  7. चालु आर्थिक वर्षवार्षिकलक्ष्यको तुलनामा94.8 प्रतिशत राजस्वसंकलन हुने अनुमान छ। वैदेशिक अनुदान रु. 27 अर्ब 6 करोड र वैदेशिक ऋण रु. 1 खर्ब 65 अर्ब 10 करोड परिचालन हुने संशोधित अनुमान छ।आन्तरिक ऋणतर्फ रु. 2 खर्ब 23 अर्ब परिचालन हुने अनुमान गरिएकोछ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

अव म आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका उद्देश्य तथा प्राथमिकता

प्रस्तुत गर्दछु। बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्:

  1. कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने,
  2. अर्थतन्त्रको शीघ्रपुनरूत्थान गर्न आर्थिक गतिविधि एवम् विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिने,
  3. राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ बनाउने,सामाजिक सुरक्षा एवम् संरक्षण प्रदान गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने, र
  4. सार्वजनिक, निजी र सहकारी क्षेत्रमा उपलब्धस्रोतर साधनलाईउत्पादनशीलक्षेत्रमा परिचालन गर्दै उत्थानशील अर्थतन्त्र निर्माण गर्ने।

बजेटका उद्देश्यहरू हासिल गर्न देहाय बमोजिम प्राथमिकता निर्धारण गरेको छु:

  1. कोभिड- १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि परीक्षणको दायरा विस्तार, उपचारको व्यवस्था,स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्‍चितता, स्वास्थ्य पूर्वाधार विकासर चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन,
  2. कोभिड-19 बाट प्रभावित परिवारलाई राहत, निजीक्षेत्रलाई प्रोत्साहन, सहुलियत र पुनरूत्थानकामाध्यमबाट आर्थिक गतिविधि विस्तार,
  3. श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकलाई काम र रोजगारीको सुनिश्‍चितता,
  4. सबै नेपालीलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण,
  5. कृषि उत्पादन एवम् उत्पादकत्व अभिबृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति,
  6. जीवनपयोगी एवम् सीपयुक्त शिक्षाका लागिपूर्वाधारमा लगानी,
  7. तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्‍त हुने रणनीतिक महत्वकापूर्वाधार निर्माण,
  8. संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत सन्तुलित विकास,
  9. सबै प्रकारका विभेद र असमानताको अन्त्य,समन्यायिक विकास र   विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच,
  10. उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण,सुशासन र सेवा प्रवाहमा प्रभावकारिता।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

अबमसंघ, प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको विवरण प्रस्तुत

गर्दछुः

  1. प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने समानीकरण,विशेष र समपुरक अनुदानका साथै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने संघीय आयोजना र कार्यक्रमको लागि प्रदान गरिने सशर्त अनुदानमा वृद्धि गरेको छु।
  2. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सूत्रको आधारमा प्रदेशलाई रु. 57 अर्ब 95 करोड र स्थानीय तहलाई रु. 94 अर्ब 56 करोड समानीकरण अनुदान विनियोजन गरेको छु। सशर्त अनुदान तर्फ प्रदेशलाई रु. 35 अर्ब 87 करोड र स्थानीय तहलाई रु. 1 खर्ब 73 अर्ब ५० करोड विनियोजन गरेको छु। समपुरक अनुदान तर्फ रु. 12 अर्ब 37 करोड र विशेष अनुदान तर्फ रु. 12 अर्ब 46 करोड विनियोजन गरेको छु।राजस्व बाँडफाँटतर्फ प्रदेश र स्थानीय तहमा रु 1 खर्ब 26 अर्ब 69 करोडबाँडफाँट हुने अनुमान गरेको छु।
  3. संघ, प्रदेश र स्थानीय तहको सह-लगानीमा सञ्‍चालन हुने आयोजनाका लागि सशर्त अनुदान मार्फत वित्तीय हस्तान्तरण गर्ने प्रवन्ध मिलाएको छु।

अब म आगामी आर्थिक वर्षको बजेटका कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्दछुः

कोभिड- १९ संक्रमणरोकथाम, नियन्त्रण र उपचार

  1. कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षा गर्न सरकार प्रतिवद्ध छ।स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सम्पूर्ण सामर्थ्यसहित उपलब्ध सबै सम्भावनाको उपयोग गर्न बजेट केन्द्रित रहेकोछ। कोभिड-19 को रोकथाम, नियन्त्रण, उपचार र खोपको सुनिश्‍चितताका लागि बजेट अभाव हुन दिइने छैन।
  2. सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिड- 19 को निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाएको छु। कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजनको कमि हुन नदिन अक्सिजन प्लान्ट, सिलिण्डर र तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्याङ्क खरिद गर्नआवश्यक बजेट व्यवस्था गरेको छु।एक सय शैया भन्दा बढी क्षमताका सबै अस्पतालमा अनिवार्यरुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरेको छु।
  3. अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पुरै छुट दिएको छु। सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको 50 प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु। कोभिड-19 महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महसुलमा 50 प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।
  4. कोभिड-19 का बिरामीकोउपचारकालागिआवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटर, टेस्ट किट्सलगायतका आवश्यक उपकरण खरिद गर्न रु.4 अर्ब विनियोजन गरेको छु। कोभिड-19 को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार महसुल छुट दिएको छु। उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथाइन्टर्नसीपमा रहेकाचिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई50 प्रतिशत जोखिम भत्ता र तलव पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था मिलाएको छु।
  5. कोभिड-19 संक्रमण जोखिम नियन्त्रण गर्न अन्तर्राष्‍ट्रिय स्थलगत सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्‍चालन र होल्डिङ्ग सेन्टर स्थापना गरिनेछ।सबै स्थानीय तहमा क्वारिन्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था एवम् औषधी उपकरणको नियमित आपूर्तिगर्न आवश्यक रकम विनियोजन गरेको छु। अस्पतालमा शैयाको अभावमा स्वास्थ्य उपचार नपाउने अवस्था सिर्जना हुन दिइने छैन।
  6. कोभिड- 19 बाट संक्रमित भई घरमा रहेका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि घुम्ती सेवा, कल सेन्टर सञ्‍चालन, मनोसामाजिक परामर्श, आपतकालिन उपचार र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाएको छु।
  7. वर्तमान जनउत्तरदायी सरकार सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई कोभिड- 19 विरुद्ध निःशुल्क खोप उपलब्ध गराउन प्रतिवद्ध छ।यस सन्दर्भमा, विश्‍वका थोरै मुलुकहरूसँगै नेपालले पनि खोप अभियान शुरु गरेको र दक्षिण एसियामा खोपको दोस्रो प्रयोगकर्ता मुलुक भएको तथ्य स्मरण गर्न चाहन्छु। खोप लगाउन बाँकी सवै उमेर समुहका नेपालीलाईशिघ्रातिशिघ्र खोप सुनिश्‍चित गर्नसम्पूर्ण स्रोत र सामर्थ्यको उच्चतम प्रयोग गर्दैउत्पादकदेश तथा कम्पनीबाटखोप प्राप्‍तगरी खोप अभियानलाई पूर्णता दिइनेछ। खोप व्यवस्थापनका लागि रु.26 अर्ब 75 करोड छुट्याएको छु।
  8. कोभिड-19 बाटसंक्रमित बिरामीको लागि सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलव्ध गराउन सेन्ट्रल कमाण्डको अवधारणा कार्यान्वयनमा ल्याईनेछ। विशेषज्ञ चिकित्सक,अक्सिजन तथा भेन्टिलेटर, आइसियू, एचडियू र शैयाको उपलव्धताको विवरण नियमितरुपमासार्वजनिक जानकारी गराउने व्यवस्था मिलाएको छु।
  9. कोभिड- 19 को उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधा संक्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिएको छु।
  10. कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि रु.37 अर्ब 53 करोड विनियोजन गरेको छु।

स्वास्थ्य प्रणालीमा सुधार

  1. आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्‍चित गरिनेछ। सरकारद्वारा निःशुल्क वितरण हुदै आएका 70 प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलव्ध हुने व्यवस्था मिलाइनेछ। औषधीको मूल्य र गुणस्तरको नियमित अनुगमन गरिनेछ। औषधी खरिदको लागि रु.5 अर्ब 60 करोड विनियोजन गरेको छु।
  2. विपन्‍न नागरिकलाई मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्ज्युरी, हेड इन्ज्युरी तथा सिकलसेल एनिमियाको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र चौध वर्ष मुनिका बालबालिका एवम् सत्तरी वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोगको निःशुल्क उपचार सुविधालाई निरन्तरता दिएको छु। यसको लागि रु.2 अर्ब 50 करोड विनियोजन गरेको छु।
  3. आगामी आर्थिक वर्षभित्र काठमाण्डौ उपत्यकामा 3 सय शैयाको सुविधा सम्पन्‍न सरुवा रोग अस्पताल र सबै प्रदेशमा 50 शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न रु.1 अर्ब 30 करोड विनियोजन गरेको छु।
  4. सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्‍चालनमा ल्याइनेछ। मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्ग लगायतका दुर्गम क्षेत्रका 20 जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र ‍औषधीको सुविधा सहितको मातृ प्रतीक्षा गृह सञ्‍चालन गरिनेछ।विराटनगर, वीरगञ्‍ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिको लागि आईभिएफ सेवाविस्तार गरिनेछ।
  5. आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्‍चित गर्न यसैवर्षदेखि निर्माण कार्य थालनी गरिएका 3 सय 97 स्थानीय तहका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालदुई वर्षभित्र सम्पन्‍न गरी सञ्‍चालनमा ल्याइनेछ। अस्पताल स्थापना गर्न बाँकी रहेका स्थानीय तहमा आगामी आर्थिक वर्षभित्र निर्माण कार्य प्रारम्भ गरिनेछ। यसका लागि रु.6 अर्ब 15 करोड विनियोजन गरेको छु।
  6. स्थानीय स्तरमा सञ्‍चालन हुने बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु।बालबालिकालाई विसिजि, पोलियो, डिपिटी, दादुरा, टाइफाइड लगायतका 1३ प्रकारका खोप सेवा प्रदान गरी मुलुकलाईआगामी वर्ष पूर्णखोपयुक्त बनाउन बजेट व्यवस्था गरेको छु।आगामी वर्ष 6 लाख 20 हजारबालबालिकालाई खोप सेवा उपलव्ध गराइनेछ।
  7. अस्पताल तथा स्वास्थ्य चौकीको विस्तारका साथै टेलिमेडिसीन, घुम्ती स्वास्थ्य सेवा, निशुल्क गर्भवती जाँच सेवा, प्रसूति सेवा, खोप सेवा, समुदायमा आधारित पुनर्स्थापना तथा प्रशामक सेवा मार्फत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गरिनेछ।
  8. मुलुकभरका 52 हजार महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रदान गरिदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी रु. १२ हजार पुर्‍याएको छु।
  9. आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्‍त घोषणा गरिनेछ।मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग र कूष्ठरोग नियन्त्रण कार्यक्रमका लागि रु.1 अर्ब 46 करोड व्यवस्था गरेको छु।
  10. परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणको कारण वढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटुतथा मृगौला रोग र क्यान्सर लगायतकानसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहित विशिष्‍टीकृत अस्पतालको स्थापना, स्तरोन्‍नति र विस्तार गर्ने व्यवस्था मिलाएको छु।
  11. चालिस वर्ष माथिका नागरिकको रक्तचाप, पिसावतथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छु। तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्‍चालन गरिनेछ।
  12. सबै मेडिकल कलेज,स्वास्थ्य विज्ञान प्रतिष्ठान र केन्द्रीय अस्पतालले कम्तीमा एउटा सरकारी अस्पतालमा नियमितरुपमा विशेषज्ञ सेवा सहितको स्याटलाइट क्लिनिक सञ्‍चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ। पचास शैया भन्दा बढी क्षमताका स्वास्थ्य संस्थाले महिनाको एकपटक आफ्नो सेवा क्षेत्रभित्र अनिवार्य रुपमा घुम्ती क्लिनिकसञ्‍चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ।
  13. दुई सय शैया भन्दा बढी क्षमताका सामुदायिक एवम् निजी अस्पतालमा मानसिक रोग उपचारको लागि न्यूनतम दश शैया छुट्याउनु पर्ने व्यवस्था मिलाइनेछ।पचास शैया भन्दा बढी क्षमता भएका अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष निर्माण गरिनेछ।
  14. जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गरीस्वदेशमा नै अन्तर्राष्‍ट्रियस्तरको सेवा सुनिश्‍चित गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत काठमाण्डौको कीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोइन्टरलोजी र ग्यास्ट्रो सर्जरी लगायत अन्य रोगको विशिष्टीकृत उपचार सेवा, डाइग्नोस्टिक सेन्टर र अध्ययन, अध्यापनतथा अनुसन्धानका लागि 1 हजार 5 सय शैयाको अत्याधुनिक सुपर स्पेसियालिटी केन्द्रको निर्माण कार्य शुरु गरी आगामी तीन वर्षभित्र सञ्‍चालनमा ल्याउनबजेट व्यवस्था गरेको छु।
  15. क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानस्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत सञ्‍चालन गरिनेछ।
  16. मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल, विपीकोइराला क्यान्सर अस्पताल, जिपीकोइराला राष्ट्रिय स्वासप्रश्‍वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न रु.१ अर्व २८ करोडविनियोजन गरेको छु।
  17. कान्ति बाल अस्पतालको आसियूवार्ड लगायत पूर्वाधार निर्माण गर्नरु.३४ करोड छुट्याएको छु।शहिद गंगालाल मुटुरोग अस्पतालको सेवा विस्तारगरीबाल मुटुरोग युनिट सञ्‍चालन एवम्अपरेशन थिएटर स्तरोन्‍नति गर्न रु.५८ करोड विनियोजन गरेको छु।
  18. वीर अस्पतालको विस्तारित सेवा सञ्‍चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्‍ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माण गरिनेछ। तीनवर्षभित्र निर्माण सम्पन्‍न गरी सेवा सञ्‍चालन गर्ने लक्ष्यका साथ आगामीआर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्यसम्पन्‍न गरिनेछ।भौतिक पूर्वाधार,उपकरण र जनशक्ति व्यवस्थापनएकैसाथ पूरागरी अस्पताल सञ्‍चालनमाल्याइनेछ। यसलाईराष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयनगर्ने व्यवस्था मिलाइनेछ।काठमाण्डौको जडीबुटीदेखि अस्पतालनिर्माणस्थलसम्म मनोहरानदीको दुवै किनारामा चार/चार लेनको करिडोर सडक निर्माण गरिनेछ।
  19. आगामी आर्थिक वर्ष ढल्केवर, बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्था गरेको छु। धादिङ्गको वेल्खुमा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ।
  20. रोगनिदानका लागि विदेशमा नमुनापरीक्षण गर्न पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पूर्वाधार विकास र आवश्यक उपकरणको व्यवस्था गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्तरोन्‍नति गरिनेछ।प्रादेशिक प्रयोगशालालाई रिफरल प्रयोगशालामास्तरोन्‍नति गर्न बजेट व्यवस्था गरेको छु।सामुदायिक तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने रेडियोलोजी तथा ईमेजिङ्ग सेवाको मापदण्ड निर्धारण र नियमन गर्न छुट्टै संयन्त्र स्थापना गरिनेछ।
  21. निरोगी नेपाल अभियानलाई प्रभावकारी वनाउन स्वच्छ विचार, स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्यक्रम सञ्‍चालन गरिनेछ। आयूर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाईप्रवर्द्धन गरिनेछ।सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिनेछ।
  22. आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम 50 प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।बीमा कार्यक्रमको दिगोपनाको लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम सञ्‍चालन गर्न रु.7 अर्ब 50 करोड विनियोजन गरेको छु।
  23. स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोग तथा अनुसन्धान केन्द्रको भूमिकालाई प्रभावकारी बनाउन एकीकृत कानून तर्जुमा गरिनेछ।नयाँ स्थापना हुने तथा स्तरोन्‍नति भएका अस्पताल एवम् स्वास्थ्य संस्थाको लागि आवश्यक दरवन्दी थप गरिनेछ।
  24. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु.1 खर्ब 22 अर्ब 77 करोड पुर्‍याएको छु।

अब म राहत, सहुलियत र आर्थिक पुनरूत्थान कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्दछुः

राहत,सहुलियत र आर्थिकपुनरूत्थान

  1. कोभिड महामारीको प्रतिकूल प्रभावले गर्दाशिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गर्न र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरूत्थानका कार्यक्रम कार्यान्वयन गरिनेछ।
  2. गुणस्तरीय खानेपानी सेवा सुनिश्‍चित गरी नागरिकको स्वास्थ्यमा सुधार ल्याउन नेपाल खानेपानी संस्थान, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्यउपभोक्‍तालाई वितरण गर्ने मासिक 20 हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिईनिःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु ।
  3. निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल,नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मुल्यमा 20 प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।
  4. साझेदारी, सहलगानी लगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्‍ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने व्यवस्था गरेको छु। निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्‍तामध्येमासिक 20 युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई 50 प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई 30 प्रतिशत महसुल छुट दिइनेछ। उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइनेछ।
  5. कोभिड-१९ प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्‍चार गृह, विज्ञापन सेवा, टेलरिङ, व्यूटी पार्लर, हेल्थ क्लव जस्ता व्यवसायले आ.व.2078/79 मा तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाएको छु।कोभिड महामारीका कारण सञ्‍चालनमा आउन नसकेका होटेललाई आईसोलेशन सेन्टरको रुपमा सञ्‍चालनगरेमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्था गरेको छु। होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइनेछ ।
  6. दुध, तरकारी, फलफुल, माछा, मासु लगायतकानाशवान उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजिकको बजार केन्द्रसम्म सहज आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदान उपलव्ध गराउने व्यवस्था मिलाएको छु। साना किसानका लागि धानको बीउ खरिदमा स्थानीय तह मार्फत 50प्रतिशतअनुदान उपलव्ध गराइनेछ।
  7. सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्नरु.80 हजारसम्मदुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु। सोह्र वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलव्ध गराइनेछ।
  8. सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम नेपाल सरकारले व्यहोर्ने गरी बजेट छुट्याएको छु।
  9. घरेलु, साना, मझौला तथा ठुला उद्योग,पर्यटन, निजी शैक्षिक संस्था, यातायात, चलचित्र उद्योग तथा सञ्‍चारगृहमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्‍चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु।
  10. सरकारी र सरकारी स्वामित्वका निकायको घर, गोदाम वा जग्गा भाडामा लिई व्यवसाय गरेका व्यवसायीहरूले निषेधाज्ञा अवधिको भुक्तानी गर्नुपर्ने भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइनेछ।
  11. सार्वजनिकखरिद सम्झौताको हर्जना नलाग्ने गरीछ महिनासम्म म्यादथप गर्ने र बैंक ग्यारेन्टीको अवधिबढाउँदाथप दस्तुर नलिने व्यवस्था मिलाएको छु।निर्माण व्यवसायीलाई चालु पुँजी व्यवस्थापनमा सहयोग पुर्‍याउन रिटेन्सन मनी वापतको 50 प्रतिशत रकम वरावरको बैंक ग्यारेण्टी राखी फिर्ता लिन पाउने व्यवस्था मिलाइनेछ। निर्माण व्यवसायीको क्षमता अभिवृद्धि तथा व्यावसायिक हितका लागि निर्माण व्यवसायी कोषको रकमपरिचालन गरिनेछ।
  12. कोभिड-१९ प्रभावित व्यवसायीका लागि नेपाल राष्‍ट्र बैंकबाट पाँच प्रतिशत व्याजदरमा प्रदान गरिदै आएको पुनरकर्जा सुविधालाई निरन्तरता दिएको छु।पुनरकर्जाको सुविधा उपयोग गर्न पाउने व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गरिनेछ।
  13. लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथावैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिनेछ।यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिनरु. 1३ अर्ब विनियोजन गरेको छु।
  14. आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ननिजामती, सार्वजनिक संस्थान रप्रतिष्ठानकाकर्मचारीलाई 10 दिनको पारिश्रमिक वरावरको रकम सहित पर्यटन काज उपलव्ध गराइनेछ। निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिनेछ।
  15. सडक, ऊर्जा, रेलमार्ग र विमानस्थल आयोजना निर्माण, सञ्‍चालन र मर्मत संभारमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याइनेछ।भायविलिटी ग्याप फन्डिङ्गका लागिपरियोजना लागतको 30 प्रतिशतसम्मपुँजीगत अनुदान उपलब्ध गराउन कानूनी व्यवस्था गरिनेछ।यसबाट निजी लगानी प्रवर्द्धन हुनुका साथै रोजगारी सिर्जनामा योगदान पुग्ने विश्‍वास लिएको छु।भायविलिटी ग्याप फन्डिङ्गका लागि बजेट व्यवस्था गरेको छु।
  16. युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखीएकप्रतिशत व्याजदरमा रु. 25लाखसम्मबीउ पुँजीकर्जा उपलब्ध गराइनेछ।स्टार्टअप व्यवसायको दर्ता, नविकरण तथा अन्य सेवाएकद्वार प्रणालीबाट निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाएको छु। स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिनेछ। यसका लागि रु. 1 अर्बको च्यालेन्ज फन्ड स्थापना गरेको छु।
  17. नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क प्रदान गरिनेछ।

अब म श्रम, रोजगारीतथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्दछुः

श्रम र रोजगारीसिर्जना

  1. सबै नागरिकलाई मर्यादित रोजगारी सुनिश्‍चित गर्न सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्यमा काम र रोजगारीका अवसर सिर्जना गरिनेछ।
  2. प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरीबेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्‍चित गरिनेछ।स्थानीय स्तरमा सञ्‍चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउनुपर्नेगरी खरिद सम्झौता गर्नुपर्ने व्यवस्था मिलाइनेछ।प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष 2 लाख रोजगारी सिर्जना गर्न रु. 12 अर्ब विनियोजन गरेको छु।
  3. श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न हस्तकला, प्लम्बिङ्ग, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई, ब्युटिसियन, कपाल कटाई, सवारी साधन तथा मोवाइल मर्मत लगायतका व्यवसायमा थप 1 लाख व्यक्तिलाई सीप विकासतालिम प्रदान गर्न रु. 40 करोड विनियोजन गरेको छु।
  4. स्वदेशी उद्योगको आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलव्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्‍चालन गर्न रु. 1 अर्ब छुट्याएको छु। यस अन्तर्गत तालीम प्राप्‍त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनतम 2 वर्षको रोजगारी सुनिश्‍चित गर्ने व्यवस्था मिलाइनेछ। यस कार्यक्रमबाट आगामी वर्ष थप 25 हजार रोजगारी सिर्जना हुनेछ।
  5. स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा रु.25 लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराइनेछ।
  6. कार्यस्थलमा हुने सबै प्रकारको भेदभाव तथा हिँसाको अन्त्य गरिनेछ।समान कामका लागि समान पारिश्रमिकको सिद्धान्त लागू गरिनेछ।श्रम अडिटको व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ।श्रमिकको हक, हित, व्यवसायजन्य स्वास्थ्यतथासुरक्षा,न्यूनतम पारिश्रमिक रश्रम कानूनको परिपालना सुनिश्‍चित गरिनेछ।
  7. औद्योगिक प्रतिष्ठान तथा सङ्गठित क्षेत्रमा कार्यरत श्रमिक एवम् कामदारको निःशुल्क सामूहिक दुर्घटना बीमा गर्ने व्यवस्था मिलाइनेछ। सार्वजनिक निकायबाट हुने निर्माण कार्यमा संलग्न श्रमिकको सामूहिक दुर्घटना बीमा अनिवार्य गरिनेछ।

सामाजिक सुरक्षा र संरक्षण

  1. जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षणको अवधारणा अनुरूप गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण; बाल्यावस्थामा निःशुल्क खोप, पोषण, आधारभूत शिक्षा र छात्रवृत्तिको व्यवस्था; युवावस्थामा शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति; वृद्धावस्थामा निःशुल्क उपचार र मर्यादित जीवन सुनिश्‍चित गर्न सरकार प्रतिवद्ध छ। तदनुरूपसबै प्रकारकासामाजिक सुरक्षा भत्तामा33 प्रतिशतलेबृद्धि गरी जेष्‍ठ नागरिकको मासिक भत्ता रु. ४ हजार पुर्‍याएको छु। सामाजिक सुरक्षा भत्ताको लागि रु. 1 खर्ब विनियोजन गरेको छु।
  2. अनाथ, दलित, अपाङ्गता भएका र विपन्‍न परिवारका बालबालिकालाई प्रदान गरिने बाल संरक्षण अनुदानको रकममा एकतिहाईले वृद्धि गरेको छु।
  3. अशक्त,असहाय एवम् परित्यक्त व्यक्तिको संरक्षणको दायित्व नेपाल सरकारले वहन गर्नेछ। सबै प्रकारका बालश्रमको अन्त्य गरिनेछ।आवश्यक सेवा, सुविधा,उपचार र वासको प्रवन्ध गरी सडक मानवमुक्‍त नेपाल निर्माण गरिनेछ। बालबालिकाको खोजतलास, संरक्षण तथा पुनर्स्थापना गरी सडक बालबालिकामुक्त नेपालको अवधारणा कार्यान्वयन गरिनेछ।यस कार्यमा क्रियाशील संघसंस्थालाई प्रोत्साहन गर्न अनुदान उपलव्ध गराइनेछ।
  4. सबै प्रदेशमा अपाङ्गता पुनरस्थापना केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ।बौद्धिक अपाङ्गता भएका बालबालिकाको उपचार सेवालाई सहज र प्रभावकारी बनाइनेछ। अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामाग्à¤