समाज

कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

धनगढी, वैशाख १५ (ई-रैवार) बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन। नेपाल बैकर्स संघ सुदरुपश्चिम एकाईका संयोजक बिरुराम जैशीका अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै कैलाली र कञ्चनपुर जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन् । […]

६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

काठमाडौं, वैशाख १२ (ई-रैवार) गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ […]

सत्ती भन्सार : नौ महिनामै दोब्बर राजश्व सङ्कलन

कैलाली, वैशाख १० (ई-रैवार)  कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य […]

धनगढीमा थपिँदै मार्ट

पुष्पराज जोशी कैलाली, वैशाख ९ (ई-रैवार)  बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका हुन्। व्यापार व्यवसायका लागि ‘भर्जिन’ एरिया सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन्। […]

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

टीकापुर, वैशाख ९ (ई-रैवार) कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ। कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो १०० बढेको छ।कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन्। ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो १९० र काटेर ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा […]

सेयर कारोबारको पुँजीगत लाभले बैंकहरूको मुनाफा ह्वातै बढ्यो, कुन बैंककाे कस्ताे ?

काठमाडौं, वैशाख ८ (ई-रैवार)  बैंक तथा वित्तीय संस्थाहरू कोभिडपछि सेयर बजारमा देखिएको बुलमा सेयर कारोबारमा सक्रिय देखिएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको आम्दानी सेयर बजारमा गरेको लगानीबाट नाफा भएसँगै ह्वातै बढेको छ । हालसम्म एक वित्त कम्पनी चारओटा राष्ट्रियस्तरका विकास बैंक र एक वाणिज्य […]

इतिहास बन्यो सतबाँझ डाँडाको स्याउ

बैतडी, वैशाख ६ (ई-रैवार) बैतडीको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ। स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न छोडेको छ। “माथि डाँडामा रहेका स्याउका रुखबाट फलेर सडकमा खसिराख्थे उनले भने, “सडकमा टन्न खसिराख्थे, […]

पछिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा मुख्य बाली उत्पादनमा वृद्धि

सुदूरपश्चिम, वैशाख ३ (ई-रैवार)  उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले जनाएको छ । “उन्नत बीउको प्रयोग र किसान […]

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्यो

काठमाडौँ, चैत २९ (ई-रैवार) लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो । कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम […]

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

काठमाडौं, फागुन २७ (ई-रैवार) जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन । पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई […]