समाज

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी हदम्याद नजिकिँदै गएपछि सीआईबी सक्रिय बनेको हो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा जग्गा हिनामिनाका ‘मुख्य योजनाकार’ […]

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशालाको लाइन काटियो

चितवन : आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो।  प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल  आठ लाख ८७ हजार पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि […]

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ, मङ्सिर १५ (ई-रैवार)   नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो । कुुल रकममध्ये वाणिज्य बैङ्कमा ८८ करोड ६१ लाख, राष्ट्रियस्तरका विकास बैङ्कमा १६ करोड ६१ […]

बझाङलाई आलु जोनका रुपमा विकास गर्ने योजनामा कृषि ज्ञान केन्द्र

बझाङ,  मंसिर २ (ई-रैवार)   कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन्। कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो। यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो […]

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री

काठमाडौं, मंसिर २ (ई-रैवार) अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताउनुभयो । “करदाताको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा एकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ”, […]

कैलालीमा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

टीकापुर, कार्तिक ३० (ई-रैवार)  कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ। गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो। गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ। गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई […]

मूल्यवृद्धि नियन्त्रण गर्न भारतले इन्धनमा कर घटायो, नेपाल मौन

काठमाडौं, कात्तिक २९ (ई-रैवार)  कच्चा तेलको मूल्य र डलरको भाउ अत्यधिक बढेका कारण थेग्न नसकिएको भन्दै नेपाल आयल निगमले पछिल्लो १० दिनमै दुई पटक मूल्य समायोजन गर्‍यो । मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १३६ रुपैयाँ, डिजेल र मट्टीतेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य […]

गाउँको मुहार फेर्दै कञ्चनपुरको बेलडाँडीका पौरखी महिला

कञ्चनपुर, कात्तिक २८ (ई-रैवार)  महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ, घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन्। दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन्। सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन्। सहकारीमा गाउँका ८३ महिला आवद्ध छन्। मासिकरूपमा […]

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

सुदूरपश्चिम, कात्तिक २८ (ई-रैवार) हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ ।मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन […]

दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

काठमाडौं, कात्तिक २६ (ई-रैवार) बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका […]