समाज

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

काठमाडौं, कात्तिक २४ (ई-रैवार)  सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई हप्ता नबित्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । बढेको मूल्य […]

धान खरिदमा उदासिनता देखिएपछि किसान मर्कामा

भजनी, कात्तिक २४  (ई-रैवार) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार […]

पश्चिम सेती परियोजनाको नयाँ शिराबाट अध्ययन गदैछौँः लगानी बोर्डका प्रमुख कार्यकारी सुशिल भट्ट (संबाद)

दिपायल– पश्चिम सेती परियोजनाको स्थलगत निरीक्षण गर्न आएका बेला दिपायल एयरपोर्टमा लगानी बोर्डका प्रमुख कार्यकारी सुशिल भट्टसंग गरिएको संवाद ।

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा, कात्तिक २४ (ई-रैवार) वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निःशुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका […]

पहिलो त्रैमासमा बैंकको व्यवसाय : अधिकांशले बढाए नाफा, घटाए ईपीएस

काठमाडौँ, कात्तिक १५ (ई-रैवार) वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको आफ्नो व्यवसायको अवस्था सार्वजनिक गरेका छन् । बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी आफ्नो पहिलो त्रैमासको वित्तीय अवस्था बारे जानकारी दिएका हुन् । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार अधिकांश बैंकहरुको नाफा बढेको छ । केही बैंकको खुद व्याज आम्दानी गत वर्षको पहिलो त्रैमासका आधारमा […]

सुदूरपश्चिम प्रदेश : १३ प्रतिशत घरधुरी गम्भीर खाद्य असुरक्षामा

धनगढी, कात्तिक १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा १३ प्रतिशत घरधुरी गम्भीर खाद्य असुरक्षामा रहेका छन् । प्रदेशका बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछामलगायत जिल्लामा बर्सेनि खाद्यान्न अभाव भइरहन्छ । अपुग हुने खाद्यान्न खोजीका लागि पहाडी र हिमाली जिल्लाका नागरिक रोजगारीका लागि विदेश र खासगरी भारत जानुपर्ने बाध्यतामा छन् । धनगढीमा आइतबार आयोजित विश्व खाद्य दिवस कार्यक्रममा भूमि […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा गुरागाईँ

काठमाडौँ, कात्तिक १५ (ई-रैवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको […]

अछाम-धनगढी हवाइ भाडा घट्यो, आजैदेखि लागू हुने

अछाम, कात्तिक १५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको हो । वायुसेवा निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण […]

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक १४ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई  त्यो सम्भव […]

राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

काठमाडौं, कात्तिक १४ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो। लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना […]