काठमाडौं : नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवर्द्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ ल्याएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पारित गरेको यस नीतिमा विशेष क्षेत्र वा […]
समाज
धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा
काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको […]
एमसीसी अघि बढ्ने : संसद्मा पेस गर्न दाहाल-नेपाल मञ्जुर, यथास्थितिमा मतदान नगर्ने अडान
काठमाडौँ : सरकारले आगामी बुधबार एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि ‘तयार’ भएका हुन् । यथास्थितिमा एमसीसी सम्झौताका पक्षमा मतदान भने नगर्ने दाहाल–नेपालको अडान छ । प्रतिनिधिसभा बैठक बुधबारका लागि […]
सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति
काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा […]
जहाज थप्दै श्री एयरलाइन्स
काठमाडौँ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्धनकाे काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० […]
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च : पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर
काठमाडौं : नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ। यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य […]
एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन
काठमाडौँ : सत्तारुढ प्रमुख राजनीतिक दलहरू अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन्। एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो। सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले […]
देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी, भाडा ७० रूपैयाँ
जनकपुर : धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्। रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो। रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि […]
एमसिसी पास गर्न निजी क्षेत्रको माग
काठमाडौँ : राजनीतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेको बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा देखिएको छ। एमसिसी परियोजनालाई दलहरूले अनावश्यक राजनीतीकरण गरेको निजी क्षेत्रको बुझाइ छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर […]
गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती
कैलाली : गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमती भएको हो। कैलालीको गेटा विमानस्थलको स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/७९ […]


