काठमाडौं : शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ । मानवअधिकार […]
समाज
भर्चुअल करेन्सी र नेटवर्किङ कारोबार गरे कारबाही गर्ने राष्ट्र बैङ्कको चेतावनी
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले ‘भर्चुअल करेन्सी’ तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैङ्कले आज (आइतबार) एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको हो । नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सीले कानुनी मान्यता […]
आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ […]
पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा
काठमाडौं : कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो । पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी […]
एकैदिन प्रतितोला नौ सयले घट्यो सुनको मूल्य
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९००ले घटेर रु. ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. […]
एमसीसीमा एमाले निष्क्रिय बसेपछि गठबन्धन पनि अलमलमा
काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलले अझै स्पष्ट धारणा बनाउन सकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन चाहे पनि सत्ता गठबन्धनका अन्य दल हुबहु अघि बढाउन नहुने अडानमा कायमै छन् । सत्तामा रहेका बेला सम्झौता अघि बढाउन जोडबल गरेको एमाले प्रतिपक्षमा पुगेपछि […]
सुदूरपश्चिम प्रदेशका बैंकले दिन छाडे कर्जा
धनगढी : सुदूरपश्चिम प्रदेशस्थित बैंक तथा वित्तीय संस्था पछिल्लो समय ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । यति मात्रै हैन, अवस्थामा सुधार नहुने हो भने, व्यक्तिले आफ्नै पैसा पनि चाहेअनुसार झिक्न नसकिने अवस्था नजिकिँदै गएको बताइएको छ । वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएकाले यस्तो अवस्था आएको बैंकका प्रतिनिधिहरूको भनाइ छ । यहाँका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिदिन […]
पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग
सुदूरपश्चिम : देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरुले कुखुरापालन व्यवसायले नेपाली अर्थतन्त्रमा योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति […]
ओलीले शिलान्यास गरेका २२१ सडकमा कामै सुरु भएन
काठमाडौँ : २०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमबीच बालुवाटारमा स्विच थिचेर प्रादेशिक एवं सडक निर्माण सुधार कार्यक्रमको शिलान्यास गरे । कार्यक्रम सुरुवात गर्दै ओलीले भनेका थिए, ‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी पूर्वाधार विकास गर्नेछौं ।’ तर पछि उनले भने जसरी पूर्वाधार विकास त भएन नै, शिलान्यास गरिएका कुनै पनि पालिकामा कालोपत्रे सडक पनि […]
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो लागेर दुई हजार ५२०.२३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१० अङ्कले बढेर ४७७.३६ मा पुगेको छ। कूल २२९ कम्पनीको ८३ […]


