बागलुङ -असार २२ , लियो कलब अफ धौलागिरी बागलुङ को बार्षिक कार्ययोजना अन्तर्गत बागलुङ नगरपालिका ०७ स्थित बिश्वकर्मा मा वि मा स्वास्थय सामाग्री हस्तान्तरण तथा ECO CLUB गठन गरिएको छ । साविक धौलागिरी कै पुरानो लियो कलब को रुपमा परिचित लियो कलब अफ धौलागिरी बागलुङ ले विगतका दिनहरू देखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहेको […]
समाज
मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन
काठमाडौं बैशाख, १७ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने […]
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै
वैशाख २ , काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरु डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण […]
पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित
चैत २७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ । आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप […]
चैत २७ गते रामनवमीको सार्वजनिक विदा
चैत्र २६ , काठमाण्डौ। सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । गृह मन्त्रालयको सूचना हेर्नुहोस्
स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चित
काठमाडौँ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो। निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते […]
संशाेधनसहित एमसीसी पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकाद्वारा स्विकार
काठमाडौं : संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभाद्वारा व्याख्यात्मक पारित गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को निर्णयलाई स्विकार गरेको छ । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थिति मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्विकार गरेकाे हो । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्विकार […]
भारतीय आयल कर्पोरेसनले बढायो पेट्रोलियम पदार्थको मूल्य, फेरि मूल्य वृद्धि हुने
काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको हो । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको […]
एमसीसी अनुदान : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ
काठमाडौं : नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन ४०० केभी क्षमताको हुनेछ । त्यसमा ८५६ टावर निर्माण […]
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज राति १२ बजेदेखि लागू हुने
काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य […]


