एप्पलले ल्यायो १२ सय ९९ डलरको ल्यापटप

एप्पलले ल्यायो १२ सय ९९ डलरको ल्यापटप
Spread the love

काठमाडौं, जेठ। एप्पलले रहेक वर्ष आयोजना गर्ने Wide Developers Conference  ले केवल एप्पलका फ्यानहरुको मात्र ध्यान खिच्दैन पूरै प्रविधि उद्योगले नै उक्त कार्यक्रमलाई निकै नै ध्यानपूर्वक हेरेको हुन्छ ।

नेपाली समय अनुसार सोमबार जून ५ को रातिदेखि सुरु भएको WWDC 2023  पनि विशेष रह्यो ।यसपटकको समारोहमा एप्पलले भर्चुअल रियालिटी हेडसेट देखि ल्यापटप उद्योगकै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक सार्वजनिक गरेका छ ।
१५ इन्चको सबैभन्दा पातलो यो म्याकबुकको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको एप्पल पार्कमा आगामी जून ९ सम्म चल्ने यो समारोहको एप्पल सीईओ टिम कुकले औपचारिक सुरुवात गरे ।कार्यक्रमको पहिलो दिन नै एप्पलले आफ्नो उच्च मूल्यको भर्चुअल रियालिटी हेडसेट लञ्च गरेको छ । उक्त हेडसेटको नाम भिजन प्रो हो ।

त्यस्तै एप्पलले १५ इन्चको डिस्प्ले भएको ल्यापटप म्याकबुक एयर र म्याक स्टुडियो मोडेल पनि लञ्च गरेको छ । एप्पलले M2 अल्ट्रा चिपसेटका साथ नयाँ म्याक स्टुडियो लञ्च गरेको हो । यो इन्टेल चिप भएको म्याक प्रो भन्दा तीन गुणा तीव्र गतिमा चल्ने र यसमा १९२ गिगाबाइटको इन्टरनल मेमोरी रहने बताइएको छ ।

त्यस्तै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक एयरको ब्याट्री लाईफ १८ घण्टा हुने दाबी गरिएको छ । साथै यसको डिस्प्ले २५ प्रतिशत भन्दा धेरै ब्राइट हुनुका साथै ब्याट्री लाइफ पुरानो संस्करणभन्दा ५० प्रतिशत धेरै भने ४० प्रतिशत पातलो छ । नयाँ म्याकबुक विभिन्न तीन वटा भेरिएन्टमा आउनेछ । नयाँ म्याकबुकका फिचर्समा स्

· मोटाइ स् ११.५ मिलिमिटर
· वजन : ३.३ पाउण्ड
· डिस्प्ले : १५.३ इन्च
· चमक : ५०० निट्स
· क्यामरा : १०८० पिक्सेल
· स्पिकर : ६ वटा
· प्रोसेसर : एम टू