काठमाण्डौ, चैत्र ६ (ई-रैवार) प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ। ‘कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर […]
राजनीति
भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम
मनोज बडू / दार्चुला, चैत्र ३ (ई-रैवार) नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो । गत पुसमै महाकालीको धार […]
देउवासँग जनअपेक्षा
डिबी सुनार संसद् पुनस्र्थापना र नेकपाको नाम विवादमा पूर्वएमाले र माओवादी केन्द्रलाई अलग गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। सर्वोच्चको आदेशसँगै तीन वर्षदेखि एउटै पार्टीमा रहँदै आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फेरि आआफ्नो पार्टीमा पुगेका छन्। सर्वोच्चको फैसलासँगै एकल दलको केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने […]
कांग्रेसबाट देउवा प्रधानमन्त्रीका उम्मेदवार
कुलचन्द्र न्यौपाने काठमाडौं, फागुन २९ (ई-रैवार) प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् । देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले […]
गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र
काठमाडौँ, फागुन २८ (ई-रैवार) तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर […]
‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’
हरि रोका सैद्धान्तिक–वैचारिक मापदण्ड नभएको यस घडीमा कस्ता मानिसहरू राजनीतिमा प्रवेश गर्दै छन् भन्ने पूरक प्रश्नमा होटल व्यवसायी महिलाहरूको राय बौद्धिकहरूको भन्दा भिन्न थिएन, ‘जसको कुनै काम छैन, पारिवारिक जिम्मेवारी छैन, त्यस्ताहरू राजनीतिमा देखिन्छन् ।’ हरेक हिसाबले राजनीति दुखिरहेको समय हो यो । पछिल्लो संविधान लागू भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आम नेपालीको जीवनस्तर उकास्न […]
मोबाइल डाटामार्फत इन्टरनेटको प्रयोग उच्च
काठमाडौं, पुस २१ (ई-रैवार) नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगकर्ता दुई करोड ३९ लाख २१ हजार १८० छन्। करिब एक चौथाई प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्। प्राधिकरणकाअनुसार मोबाइल […]
महाकालीमा तटबन्ध रोक्न भारतद्वारा अटेर
मनोज बडू, मातृका दाहाल दार्चुला, काठमाडौं — दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै/भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ । अन्तर्राष्ट्रिय सन्धि/सम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा […]
वन्यजन्तु संरक्षणमा चासो
पुष्पराज जोशी कैलाली, पुस २० (ई-रैवार) भारतको दुधुवा नेशनल पार्कबाट नेपालतर्फको कैलालीको मोहनाहुँदै कञ्चनपुरको लालझाडी क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यहीँ बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटविरुवा भएको ठूलो जंगल हो। यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रसस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ। […]
सुत्केरी छाउगोठमै
मेनुका ढुंगाना अछाम — शनिबार दिउँसो अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपीलगायतको टोली सदरमुकामबाट ४५ किलोमिटर टाढाको सुतार गाउँमा पुग्यो । प्रत्येक शनिबार प्रजिअसहित सुरक्षा निकाय प्रमुखहरू स्थानीयबाट सूचना संकलन गरेर विकट गाउँमा छाउगोठ भत्काउन पुग्ने गरेका छन् । शनिबार अछामको दुर्गम र विकट मानिने रामारोशन गाउँपालिका–७ को सुतार गाउँको मुजाबगरमा रहेको प्रहरी […]


