काठमाडौं, असोज ६ (ई–रैवार) बलात्कारका घटना बढिरहेको बेला एक सांसदले यसलाई झन् प्रोत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा बलात्कारका अधिकतर मुद्दा ‘फेक’ हुने गरेको अभिव्यक्ति दिएका हुन्। तर, नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत साउन र भदौमा मात्र ४ सय २० वटा बलात्कारका […]
राजनीति
सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु
धनगढी, असोज ४ (ई–रैवार) कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ। चैतको १४ गते पहिलो संक्रमित देखापरेको सुदूरपश्चिममा ५ महिना बितिसक्दा पनि तीन तहका सरकारले विगतका […]
औषधि विकासका आयाम
डा. सुभाष पोखरेल खोप नबन्ने हो भने कोभिड–१९ का कारण विश्वमा झण्डै ३ करोड मानिसले ज्यान गुमाउने देखिन्छ। दैनिक हजारौँ मानिस कोरोनाका कारण मरिरहेका हुँदा खोपको उत्पादन संसारको प्राथमिकता बनेको हो। सभ्रान्त तथा गरिब नागरिक अनि अविकसित तथा विकसित मुलुकलाई समानरूपले पिरोल्ने कोरोना नियन्त्रण संसारको प्राथमिकतामा परेको हो। कोरोनाविरुद्धको अभियानमा सबै देश सहभागी भएका छन्। […]
अछाममा बालविवाह बढ्यो
गीता कुँवर अछाम, भदौ २५ (ई-रैवार) अछाममा बालबिवाह गर्नेको संख्या बढेको छ । जिल्लामा बालबिवाह न्युनिकरणका लागि धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । स्वास्थ कार्यालयका अनुसार ३ वर्षको अवधिमा २ हजार ९ सय ८८ जना २० बर्षमुनिका […]
कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा
मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ? मधेसमा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन मधेसको भूमिका महत्वपूर्ण रह्यो, तर मधेसले त्यसबापत के पायो त ? उत्तर सहज छैन । कांग्रेसका नेताका लागि पनि यो कठिन प्रश्न हो । कांग्रेस पार्टीमा १४औँ महाधिवेशनको राप–ताप अनुभव गरिरहिएको […]
कोरोना फैलिएको ठाउँमा एक घर, एक परीक्षण गर्न कांग्रेसको माग
काठमाडौं, भदौ २३ (ई-रैवार) नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी […]
चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने
काठमाडौं, भदौ १८ (ई-रैवार) पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको हो । चालू शैक्षिक सत्रमा १ सय ५४ […]
निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका
काठमाडौं, भदौ १६ (ई-रैवार) नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज) देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, […]
सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’
नवराज मैनाली डा. गोविन्द केसी : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दासमेत त्यसो हुन सकेको छैन । उल्टै सरकार र सत्ताधारी दलका मानिस काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठान असफल पार्न खुलेर लागेका छन् । आफैँ कुलपति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध ल्याउने प्रधानमन्त्रीको […]
जनसंख्या भन्दा बैंक खाता धेरै
यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ । जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता […]


