काठमाडौं, मंसिर ७ (ई–रैवार) सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंग्ला र चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भारतीय विदेश मन्त्री जय शंकर […]
राजनीति
प्रिन्टिङ प्रेस अनियमितता : प्रधानमन्त्री संलग्न रहेको मिश्रको आरोप
काठमाडौँ, कार्तिक २६ (ई-रैवार) तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित जवाफमा ‘तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले डिल गरेको अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको’ उल्लेख छ । ‘गाली […]
किन चाहियो निकम्मा सरकार ?
जनतालाई मृत्युको मुखतिर धकेल्दै, बालुवाटारेहरू मात्रै स्वास्थ्यको रक्षा, आफ्नो मात्रै सत्ताको सुरक्षा तथा स्वास्थ्यका व्यापारी–ठेकेदारको संरक्षणलाई प्रत्याभूत गर्ने काम समाजवाद–उन्मुख संविधानको नाम र नारामा गरिँदै छ । भनिन्छ, ‘जहाँ क्रिया हुन्छ, त्यहाँ प्रतिक्रिया हुन्छ ।’ मिसेल फुकोको भाषामा ‘जहाँ शक्ति हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ।’ तर, जहाँ शक्तिले क्रिया नै गर्दैन, जहाँ सत्ताले क्रियाको नाममा खाने क्रिया […]
बलात्कार आरोपित जोगाउन ‘झूटो मुद्दा’
वसन्तप्रताप सिंह बझाङ, असोज २७ (ई-रैवार) बालिका बलात्कार मुद्दाका आरोपीलाई जोगाउन छुवाछूतको झूटो मुद्दा लगाएर पीडितका बुबा र काकालाई प्रहरीले थुनामा राखेको पीडित परिवारले आरोप लगाएको छ । केही दलित अधिकारकर्मी र दलित नेताहरूको आडमा झूटो मुद्दा लगाएर नौ दिनदेखि बिनाप्रमाण प्रहरी हिरासतमा राखेको र बलात्कारको बयान बदल्न निरन्तर दबाब आइरहेको पीडितका परिवार र उनका छिमेकीहरूले […]
आफ्नैबाट अप्ठेरोमा मुख्यमन्त्री
नगेन्द्र उपाध्याय र गणेश विशु सुर्खेत, असोज २७ (ई-रैवार) कर्णाली प्रदेशसभाको पहिलो बैठकमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट सम्बोधन गर्दै महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘कर्णालीमा कोही सत्तापक्ष र प्रतिपक्ष हुनेछैन। सबै मिलेर विकासको डोजर चलाउनेछौं।’ २०७४ फागुनमा मुख्यमन्त्रीका रूपमा डोजरको ड्राइभिङ सिटमा बसेका शाहीलाई उनकै पार्टी नेकपाका सांसदबाट हटाउने प्रयास पटक–पटक भएका थिए। त्यसैको पछिल्लो निरन्तरता आइतबार […]
राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन
धनगढीमा तेजराज भट्ट, जुम्लामा मानदत्त रावल, दाङमा भूपेन्द्र वली, काठमाडौंमा भवानीश्वर गौतम काठमाडौं, असोज २२ (ई-रैवार) डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब […]
चारदिन देखि सम्झनाको शव उठेन
जगत खड्का बझाङ, असोज ११ (ई–रैवार) मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर […]
बढ्दै बलात्कारका घटना, ९० प्रतिशत बलात्कारका मुद्दा ‘फेक’: सांसद
काठमाडौं, असोज ६ (ई–रैवार) बलात्कारका घटना बढिरहेको बेला एक सांसदले यसलाई झन् प्रोत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा बलात्कारका अधिकतर मुद्दा ‘फेक’ हुने गरेको अभिव्यक्ति दिएका हुन्। तर, नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत साउन र भदौमा मात्र ४ सय २० वटा बलात्कारका […]
सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु
धनगढी, असोज ४ (ई–रैवार) कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ। चैतको १४ गते पहिलो संक्रमित देखापरेको सुदूरपश्चिममा ५ महिना बितिसक्दा पनि तीन तहका सरकारले विगतका […]
औषधि विकासका आयाम
डा. सुभाष पोखरेल खोप नबन्ने हो भने कोभिड–१९ का कारण विश्वमा झण्डै ३ करोड मानिसले ज्यान गुमाउने देखिन्छ। दैनिक हजारौँ मानिस कोरोनाका कारण मरिरहेका हुँदा खोपको उत्पादन संसारको प्राथमिकता बनेको हो। सभ्रान्त तथा गरिब नागरिक अनि अविकसित तथा विकसित मुलुकलाई समानरूपले पिरोल्ने कोरोना नियन्त्रण संसारको प्राथमिकतामा परेको हो। कोरोनाविरुद्धको अभियानमा सबै देश सहभागी भएका छन्। […]


