देशले अकर्मण्य र हठी सरकारबाट मुक्ति पाएको छ । १६५ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएका छन् । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त यो सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन् । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । भर्खर सत्ताबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेकपा (विशेषतः ओली […]
राजनीति
नेपाल पक्षको अडान : समान अधिकारसहितको एकता
काठमाडौं, साउन ११ (ई–रैवार) नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र […]
कांग्रेसमा मन्त्री बन्न दौडधुप, प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने
काठमाडौँ, साउन ४ (ई–रैवार) प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले […]
महाकाली सिँचाइ आयोजना निर्माण सुस्त
कञ्चनपुर, साउन २ (ई–रैवार) महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माणको काम सुरु भएको डेढ दशक पुग्यो । कहिले बजेट अभाव त कहिले मुआब्जा विवादका कारण हालसम्म आयोजनाको १२ किलोमिटर मात्रै नहर निर्माणको काम सम्पन्न भएको छ । थप १६ किलोमिटर निर्माणाधीन छ । गत वर्षदेखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए पनि निर्माण कार्यले गति लिन […]
नेपाली सेना ‘तीन जोड एक’ संरचनामा
काठमाडौँ,साउन २ (ई–रैवार) नेपाली सेना शुक्रबारदेखि सांगठनिक पुनःसंरचनामा गएको छ । मुलुकभर आठ पृतना (सात प्रदेशमा सात र उपत्यकामा एक) रहेकामा सैनिक संगठनलाई ‘थ्री प्लस वान’ (तीन जोड एक) संरचनामा रूपान्तरण गरिएको हो । आठ पृतनालाई समायोजन गरेर अहिले चार कमान्ड हेडक्वार्टर कायम गरिएको छ । रणनीतिक तथा बाह्य र आन्तरिक सुरक्षाका हिसाबमा कोसी नदीलाई आधार मानेर पूर्वी […]
काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन : देउवा
काठमाडौँ,साउन २ (ई–रैवार) नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो […]
ओली सरकारका तीन बजेट : विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर
काठमाडौं, साउन १ (ई–रैवार) दुई तिहाइ बहुमतको सरकार आयो र गयो । तर, बजेट परिचालनको देशको नियति उस्तै रह्यो । जेठ १५ मै बजेट पेस गर्ने, असार मसान्तअगावै संसद्बाट पास गराउने र साउन १ देखि कार्यान्वयनमा लैजाने नयाँ अभ्यास पनि भए । तर, पुँजीगत खर्च तीन वर्षमा निराशाजनक देखिन्छ । लक्ष्यअनुसार न राजस्व संकलन हुन सक्यो, न खर्च नै । […]
सर्वोच्चको आदेशपछि जसपा यादव पक्ष उत्साहित, ठाकुर पक्षमा अन्योल
काठमाडौं, असार २९ (ई–रैवार) प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष आफ्नो आगामी कदमलाई लिएर अन्योलग्रस्त छ । पार्टी अध्यक्ष यादवले सर्वोच्चको फैसलाले राष्ट्र, संसद्, लोकतन्त्र र संविधानको रक्षा गरेको बताए । ‘यो निर्णय ऐतिहासिक छ, स्वागत गर्छौं,’ उनले भने, ‘अब […]
अदालतको आदेश र एमालेको पार्टी एकता
श्याम श्रेष्ठ/ फुट्ने नेता, जोड्ने कार्यकर्ता समानान्तर पार्टीसमेत गठन गर्दै फुटको संघारमा पुगेर आआफ्नो बाटो हिँडिसकेका नेकपा एमालेका दुई चिरा दोस्रो तहका नेताहरूको क्रियाशीलतामा दसबुँदे सहमतिसहित फेरि जोडिन लागेको खबरले, मनसुनले चिस्याएको अहिलेको वातावरणलाई एक्कासि तताइदिएको छ । त्यसमाथि, यही बेला प्रतिनिधिसभा पुनःस्थापना र देउवा नेतृत्वको सरकार तुरुन्त गठन गर्नू भन्ने सर्वोच्च न्यायालयको फैसलाले एमाले एकताको […]
कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य, सदस्यता ५१ प्रतिशतले बढ्यो
काठमाडौं, असार २७ (ई–रैवार) कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । केन्द्रदेखि तल्ला तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने यो सदस्य संख्या अघिल्लो महाधिवेशनको तुलनामा ५१ प्रतिशतले बढेको छ । कुनै समय प्रौढहरूको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरणमा लचिलो बन्दा युवाको संख्या निकै बढेको छ । कांग्रेसमा अघिल्लो १३ औं महाधिवेशनमा ४ […]


