राजनीति

एसईईमा मनपरी नम्बर

काठमाडौँ, साउन २४ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष […]

मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा, एसईईको नतिजामा ढिलाइ

काठमाडौँ, साउन २२ (ई-रैवार) देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश […]

पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव, तोकिएको मितिमै महाधिवेशन गर्ने देउवाको अडान

काठमाडौँ, साउन २१ (ई-रैवार)  कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने विकल्प अस्वीकार गर्दै भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन गराइछाड्ने बताएका छन् । क्रियाशील […]

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल : सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

लुम्बिनी, साउन २१ (ई-रैवार)  लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शङ्कर पोखरेल संसद्को अङ्कगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिवार देखी सम्पर्कविहीन हुनुभएको थियो । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिए […]

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि सार्वजनिक भएन मौद्रिक नीति

काठमाडौँ, साउन १७ (ई-रैवार)  नेपाल राष्ट्र बैङ्कले विगतमा साउन पहिलो साता सार्वजनिक गर्थ्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अङ्कले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ […]

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट को-को हुँदैछन् मन्त्री ?

काठमाडौँ, साउन १७ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो। पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको […]

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्- ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

मनोज बडू/ दार्चुला, साउन १७ (ई-रैवार) कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि […]

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

दार्चुला, साउन १६ (ई-रैवार) व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न […]

कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउनको तयारी

काठमाडौँ, साउन १६ (ई-रैवार)  सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि […]

इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने

काठमाडौँ, साउन १२ (ई–रैवार) वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ ।  २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने […]