राजनीति

काँग्रेस १४औँ महाधिवेशन : सबै जिल्लामा निर्वाचन अधिकृत खटाइँदै

काठमाण्डौँ, भदौ १० (ई-रैवार) नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो । पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म […]

मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो, तीन सांसदको पद जोगाउन दिनभर नेताहरुको दौडधुप

काठमाण्डौँ, भदौ १० (ई-रैवार)  निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् । यी दुईसहित दलको संख्या ९७ पुगेको छ । एकीकृत समाजवादी चौथो र लोकतान्त्रिक छैटौं पार्टी बनेका छन् । […]

अन्ततः एमाले विभाजित भएरै छाड्यो

काठमाण्डौँ, भदौ १० (ई-रैवार) निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदको बुधबार हस्ताक्षर सनाखत गरेको छ। सनाखतपछि आयोगले नेपाल नेतृत्वको उक्त दललाई दर्ता गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय […]

अघिल्लो वर्षको तुलनामा यसबर्ष एक खर्बले बढ्यो रेमिटेन्स

काठमाण्डौँ, भदौ ९ (ई-रैवार)  अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ […]

एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी

काठमाण्डौँ, भदौ ९ (ई-रैवार)  दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन्। दसबुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको […]

महाकाली तुईन प्रकरणः ड्रोन उडाएर खोज्दा पनि जयसिंह धामी फेला परेनन्

धनगढी, भदौ १ (ई-रैवार)  व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन। साउन १५ गते वैदेशिक रोजगारीको खोजीमा जान तुईन तरेर महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसवीका जवानले पारीपट्टी टुडीको […]

काबुलबाट ५४६ नेपालीको उद्धार : ४५९ दोहा र ८७ जनालाई बेलायत पुर्‍याइयो

काठमाडौँ,  भदौ १ (ई-रैवार) अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन् । काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको […]

कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ,  भदौ १ (ई-रैवार)  नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा […]

५ वर्षअघि ७ खर्ब ऋण, अहिले १७ खर्ब

काठमाडौँ, साउन २७ (ई-रैवार)  मुलुकमा हरेक वर्ष २ खर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण थपिँदै गएको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरू के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माले […]

सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग

काठमाडौँ, साउन २५ (ई-रैवार)  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा आइतबार लिखित जवाफ पेस गर्दै खारेजीको माग गरेका हुन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका सापकोटाले आफूलाई जानकारी नगराई अध्यादेश […]