राजनीति

कांग्रेस १४औं महाधिवेशन : साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं, भदौ ३१ (ई-रैवार)  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न […]

अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

काठमाडौं, भदौ ३० (ई-रैवार) प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट […]

विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

बैतडी, भदौ २८ (ई-रैवार) कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका छन् । लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू हौसिएर विद्यालय पुग्ने गरेका छन् । शतप्रतिशत […]

आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

कैलाली, भदौ २८ (ई-रैवार) रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनमा सञ्चार भएको छ। ‘बुवा २०६५ सालमा रोजगारीका लागि भारत जानुभएको थियो,’ […]

गठबन्धनमा सहमति नजुट्दा प्रधानमन्त्री देउवा तनावमा

काठमाडौं, भदौ २८ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए […]

सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

धनगढी, भदौ १३ (ई-रैवार) एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो समूहमै तान्ने कसरतमा नेकपा (एकीकृत समाजवादी) का सांसदहरू लागेका देखिएका छन् । उक्त समूहका नेताहरूको […]

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का !

धनगढी, भदौ १२ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो। एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका रावलले माधवकुमार नेपालको साथ छोडेर एमाले पार्टीमै […]

को-को बन्दै छन् एकीकृत समाजवादीबाट मन्त्री ?

काठमाण्डौँ, भदौ १२ (ई-रैवार)  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो। तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए। मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए। एकीकृत समाजवादी पार्टीका अध्यक्ष […]

अछाममा बलात्कारका घटना बढे

अछाम, भदौ १२ (ई-रैवार)  अछाममा बलात्कारका घटना बढेका छन् । एकै साता एउटै नगरपालिकाकका ३ जनालाई बलात्कार र जबरर्जस्ती करणीको आरोप लागेको छ । उक्त आरोपमा मुद्दा दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक जनक बोहराका अनुसार बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ […]

यसकारण प्रधानन्यायाधीश जबराले मुद्दा नहेर्ने

काठमाण्डौँ, भदौ १२ (ई-रैवार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्। त्यसैले संवैधानिक इजलासमा परिषद्सँग जोडिएका मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश बिदामा बस्नेछन्। संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय हुने व्यवस्था छ। संवैधानिक परिषद्सँग सम्बन्धित […]