विविध

विल स्मिथलाई ओस्कारमा १० वर्षसम्म भाग लिन प्रतिबन्ध

हलिउड अभिनेता विल स्मिथलाई पछिल्लो १० वर्षदेखि ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो। यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाइनेछ। यो जानकारी एकेडेमीको पत्रमा दिइएको छ । तथापि, […]

प्रधानमन्त्री इमरान खानविरुद्धको पाकिस्तानमा अविश्वास प्रस्ताव पास

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० […]

खुकुरी प्रहार गरेर दुईको हत्या

सिन्धुपाल्चोक : खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको हो। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी […]

बाबु यो देशमा के केको पुस्तान्तरण हुन्छ ?

अमरबहादुर शाही विज्ञानले एउटा भन्छ। धर्मकर्मका ज्ञाताले एउटा भन्छन्। बस्तीका बुढापाकाका परिभाषा छुट्टै हुन्छन्। आखिर जसले जे नै भने पनि जस्तो कर्म गर्‍यो। जस्तो मार्ग चुन्यो उस्तै प्रकारका उसैसँग सम्बन्धित सपना देखिँदारहेछन् क्यार। रातको बाह्र बजेसम्म ट्विटर र फेसबुक चलाउन मोबाइलमा व्यस्त हुने औंला हिजोआज सपनीमा त्यहीँ मोबाइलमा उस्तै व्यस्त बनिदिन्छन्। दिनभर जसका लागि दौडधुप, […]

डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उपमहारपालिका १ कटान बस्ने १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको हो । पार्कीको साथबाट लागू […]

कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

कञ्चनपुर : भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख […]

देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी, भाडा ७० रूपैयाँ

जनकपुर : धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्। रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो। रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि […]

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

काठमाडौं : सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन […]

देशका विभिन्न भागमा वर्षा र हिमपात हुने, चिसोबाट बच्न र जोगिन सतर्कता अपनाउन अनुरोध

काठमाण्डौं : देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको हो । मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका हुन्। आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र […]

कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको गरे हत्या

धनगढी : कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले श्रीमतीको हत्या गरेर परशुराम फरार भएको जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो […]