पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उपमहारपालिका १ कटान बस्ने १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको हो । पार्कीको साथबाट लागू औषध नाइट्राभेट ट्याब्लेट ६० र प्रोसिवेल स्पास नामक क्याप्सुल २८ थान सहित पक्राउ गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् ।


